कुमुदिनी साहित्यिक मञ्चको कविता प्रतियोगिता

कुमुदिनी साहित्यिक मञ्चको कविता प्रतियोगिता

Education News

@edunewsnp

२०८२ फाल्गुण ११ गते सोमबार ०२:१७

 पोखरा, फागुन ११ गते । पोखरा महानगरपालिका वडा नं.४ गैह्रापाटनमा अवस्थित कुमुदिनी होम्स माध्यमिक विद्यालयमा क्रियाशील कुमुदिनी साहित्यिक मञ्चले सोमवार माध्यमिक तह (९-१२) स्तरीय कविता प्रतियोगिता सम्पन्न गरेको छ । शिक्षकहरू दिपेन्द्र थापा...

 

पोखरा, फागुन ११ गते । पोखरा
महानगरपालिका वडा नं.४ गैह्रापाटनमा अवस्थित कुमुदिनी होम्स माध्यमिक विद्यालयमा
क्रियाशील कुमुदिनी साहित्यिक मञ्चले सोमवार माध्यमिक तह (९-१२) स्तरीय कविता
प्रतियोगिता सम्पन्न गरेको छ ।

शिक्षकहरू दिपेन्द्र
थापा मगर र दिपक के. सी. निर्णायक रहेका प्रतियोगितामा कक्षा ११ विज्ञान सङ्कायका
सन्दिप अधिकारी प्रथम
, कक्षा ११ विज्ञान सङ्कायकै
सलिना खत्री द्वितीय
, कक्षा १२ विज्ञान सङ्कायका अर्जुन
विश्वकर्मा तृतीय र कक्षा ११ विज्ञान सङ्कायकी नम्रता अधिकारी चौथो भएका छन् ।

साहित्यिक मञ्चका
संरक्षक मनबहादुर भुजेलले विजयी विद्यार्थीलाई बधाई ज्ञापन गर्दै यस्ता रचनात्मक
कार्यले विद्यार्थीमा सिर्जनशील क्षमताको विकास गराउने कुरामा जोड दिए । मञ्चका
कार्य समिति सदस्य लियोन पुनको अध्यक्षतामा सम्पन्न कार्यक्रम सल्लाहकार सुशील
नेपालीले सञ्चालन गरेको शिक्षक सुरेन्द्र सदिच्छाले जानकारी दिए ।


प्रकाशित मिति २०८२ फाल्गुण ११ गते सोमबार ०२:१७