पोखरामा सिआइसी शैक्षिक मेला हुने

पोखरामा सिआइसी शैक्षिक मेला हुने

Education News

@edunewsnp

२०८२ भदौ ७ गते शनिवार ०२:२९

पोखरा, भदौ ७ गते । विदेशमा अध्ययन गर्न चाहने विद्यार्थीलाई लक्षित गरी सिआइसी एजुकेसन हव पोखराले भदौ १६ र १७ गते दुई दिने  शैक्षिक मेलाको आयोजना गर्ने भएको छ । संस्थाले कास्की र वरपरका जिल्लाका विद्यार्थीलाई मुख्य रूपमा लक्षित...


पोखरा, भदौ ७ गते । विदेशमा अध्ययन गर्न
चाहने विद्यार्थीलाई लक्षित गरी सिआइसी एजुकेसन हव पोखराले भदौ १६ र १७ गते दुई
दिने
  शैक्षिक मेलाको आयोजना गर्ने भएको छ

संस्थाले कास्की र
वरपरका जिल्लाका विद्यार्थीलाई मुख्य रूपमा लक्षित गरेको यस मेलामा बेलायत
, अमेरिका, अष्ट्रेलिया, क्यानडा,
न्युजिल्यान्ड लगायतका मुलुकका विश्वविद्यालय तथा कलेजका
प्रतिनिधिको प्रत्यक्ष सहभागिता रहनेछ । मेलामा आउने प्रतिनिधिमार्फत विद्यार्थी र
अभिभावकले सम्बन्धित देशको शैक्षिक प्रणाली
, विश्वविद्यालय
तथा कलेजका कार्यक्रम
, छात्रवृत्तिबारे जानकारी पाउने तथा
योग्य विद्यार्थीले तत्कालै अफर लेटर 
पाउने व्यवस्था गरिएको आयोजकले जनाएको छ ।

सिआईसीका निर्देशक
राजेश अधिकारीका अनुसार मेलालाई अझ आकर्षक बनाउन सहभागीबीच लक्की ड्र आयोजना
गरिनेछ । जस अन्तर्गत विजेताले
IELTS तथा PTE का निःशुल्क कक्षा, विभिन्न गिफ्ट ह्याम्पर, निःशुल्क चलचित्र टिकट, लगायत उपहार प्राप्त
गर्नेछन् । मेलामा भर्ना हुने विद्यार्थीलाई नाम दर्ता शुल्क र प्रोसेसिङ
शुल्कसमेत निःशुल्क गरिने जानकारी दिइएको छ ।

लामो समयदेखि वैदेशिक
अध्ययनमा इच्छुक विद्यार्थीलाई परामर्श
, भाषा
प्रशिक्षण
, कागजात तयारी, भिसा
प्रक्रियामा सहयोग र करियर मार्गदर्शन उपलब्ध गराउँदै आएको सिआईसी एजुकेशन हवले
आयोजना गर्न लागेको यस शैक्षिक मेलाबाट विशेष गरी गण्डकी प्रदेशका विद्यार्थी
लाभान्वित हुने अपेक्षा गरिएको छ ।
 

प्रकाशित मिति २०८२ भदौ ७ गते शनिवार ०२:२९