८१औं नियमित लघुकथा वाचन सम्पन्न

८१औं नियमित लघुकथा वाचन सम्पन्न

Education News

@edunewsnp

२०८२ माघ १२ गते आईतबार ०३:५७

 पोखरा । लघुकथा प्रतिष्ठान पोखराद्वारा आयोजित ८१औँ नियमित लघुकथा वाचन शनिवार सम्पन्न भएको छ । गण्डकी प्रज्ञा प्रतिष्ठानका पूर्वकुलपति सूर्य खड्का 'बिखर्ची' ले गद्य क्षेत्रमा भइरहेका कार्यक्रममा पोखरेली लघुकथाकारहरूले राम्रो...

 

पोखरा
लघुकथा प्रतिष्ठान पोखराद्वारा आयोजित ८१औँ नियमित लघुकथा
वाचन शनिवार सम्पन्न भएको छ ।

गण्डकी प्रज्ञा
प्रतिष्ठानका पूर्वकुलपति सूर्य खड्का
बिखर्ची
ले गद्य क्षेत्रमा भइरहेका कार्यक्रममा पोखरेली लघुकथाकारहरूले
राम्रो दखल जमाएको प्रसङ्ग उल्लेख गरे । उनले भने,
प्रज्ञा
प्रतिष्ठानले विगतमा सबै साहित्यकारहरूका आवश्यकतालाई  जोड्न नसके पनि पछिल्ला दिनमा आफूले
साहित्यकारहरूलाई कुनै न कुनै प्रकारद्वारा अलिकति भने पनि सहयोग गर्न पाउँदा बेग्लै
साहित्यिक आनन्द महसुस भएको छ ।

पृथ्वीनारायण
क्याम्पसका सहप्राध्यापक डा. लक्ष्मीशरण अधिकारीले लघुकथा लेखन कार्य अरू विधामा
जस्तो सजिलो नहुने बताए ।
खुला समापनमा लेखिने कथाले
पाठकको मनमस्तिष्क तान्दछ ।
उनले भने ।

लघुकथा प्रतिष्ठानका
अध्यक्ष कल्याण पन्तको अध्यक्षतामा भएको सो कार्यक्रममा १९ जना लघुकथाकारहरूले
आआफ्ना लघुकथा वाचन गरेका थिए । लघुकथा वाचन गर्नेहरूमा ढाकामोहन बराल
, गायत्री पराजुली, स्ट्रगल राना, कृष्णप्रसाद (राजु) बास्तोला, सरस्वती श्रेष्ठ सरू‘, गीता तिवारी, डा. नवराज
न्यौपाने
, लोकनाथ पुडासैनी, जमुना
कायस्थ
, आवाज शर्मा, विद्याविमल बराल,
लक्ष्मण गौतम हिमाली‘, लोचना
अधिकारी
, नारायण लामिछाने,  मिलन केसी, विष्णु बास्तोला, लघुकथा प्रतिष्ठानका
सल्लाहकार  लक्ष्मण थापा
, अर्का सल्लाहकार अल्पविराम पोखरेली, डा. लक्ष्मीशरण
अधिकारी र कल्याण पन्त  थिए ।  सो कार्यक्रममा लघुकथा प्रतिष्ठानका उपाध्यक्ष
गीता तिवारीले लघुकथाकारहरूलाई स्वागत गरेकी थिइन् भने सो प्रतिष्ठानका सचिव
विष्णु बास्तोलाले कार्यक्रम सञ्चालन गरेका थिए ।

२०७४ चैत १० गते
भएको  साहित्यकारहरूको व्यापक छलफलपछि
पोखरामा हरेक महिनाको दोस्रो शनिवार नियमित लघुकथा वाचन हुँदै आएको छ ।

प्रकाशित मिति २०८२ माघ १२ गते आईतबार ०३:५७