नाई सङ्घद्वारा निःशुल्क स्वास्थ्य शिविर

नाई सङ्घद्वारा निःशुल्क स्वास्थ्य शिविर

Education News

@edunewsnp

२०८० माघ २ गते मङ्गलबार ०१:०९

पोखरा । नेपाल नाई सङ्घ, कास्कीले मङ्गलबार पोखरामा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको छ । पद्म नर्सिङ होम प्रालिको सहयोगमा नाई सङ्घमा आबद्ध सदस्य र नाई सङ्घका परिवारका लागि आयोजित शिविर १५० जनाको स्वास्थ्य परीक्षण गरिएको थियो...



पोखरा । नेपाल
नाई सङ्घ, कास्कीले मङ्गलबार पोखरामा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको छ ।

पद्म
नर्सिङ होम प्रालिको सहयोगमा नाई सङ्घमा आबद्ध सदस्य र नाई सङ्घका परिवारका लागि
आयोजित शिविर १५० जनाको स्वास्थ्य परीक्षण गरिएको थियो । अबदेखि पद्म नर्सिङ होमले
नाई सङ्घमा आबद्ध सदस्यहरूलाई परिचय पत्रका आधारमा स्वास्थ्य सेवामा २०% छुट दिन
समेत सम्झौता भएको बताइएको छ । नाई सङ्घ, कास्कीका अध्यक्ष विजुलाल ठाकुरको
अध्यक्षतामा  सम्पन्न कार्यक्रममा प्रमुख
अतिथि नेपाल ट्रेड युनियन गण्डकी प्रदेशका अध्यक्ष मुरारी शर्माले यस्ता
कार्यक्रमलाई निरन्तरता दिन आग्रह गरे ।

कार्यक्रममा
पद्म नर्सिङ होमका प्रबन्ध सञ्चालक नरेन्द्र बास्तोला
, ट्रेड युनियन काङ्ग्रेस,
कास्कीका उपाध्यक्ष मनिराम कडेल
, नाई सङ्घका केन्द्रीय सदस्य लालबाबु ठाकुरले
शुभकामना दिएका थिए ।
  कार्यक्रमको
सञ्चालन सचिव  रामेश्वर ठाकुरले  गरेका थिए ।

प्रकाशित मिति २०८० माघ २ गते मङ्गलबार ०१:०९