कास्की २ का उम्मेद्‍वार र मतदाताबिच साक्षात्कार

कास्की २ का उम्मेद्‍वार र मतदाताबिच साक्षात्कार

Education News

@edunewsnp

फाल्गुन ६, २०८२

पोखरा । भरतपोखरी विकास मञ्च, पोखरा ३३ ले आगामी फागुन २१ मा हुने प्रतिनिधि सभा निर्वाचनमा कास्की क्षेत्र नम्बर २ बाट दलगत तथा स्वतन्त्र रूपमा उम्मेद्वारी दिएका उम्मेद्वारहरूसँगको साक्षात्कार कार्यक्रम सम्पन्न गरेको छ । बुधवार...

पोखरा । भरतपोखरी विकास
मञ्च, पोखरा ३३ ले आगामी फागुन २१ मा हुने प्रतिनिधि सभा निर्वाचनमा कास्की
क्षेत्र नम्बर २ बाट दलगत तथा स्वतन्त्र रूपमा उम्मेद्वारी दिएका
उम्मेद्वारहरूसँगको साक्षात्कार कार्यक्रम सम्पन्न गरेको छ ।

बुधवार पोखरा-३३, भरतपोखरी, भगवती चौतारास्थित अन्नपूर्ण स्वास्थ्य
चौकीको चौरमा भएको ‘जनतासँग उम्मेद्‍वार -उम्मेद्‍वारसँग जनता’ विषयक साक्षात्कार
कार्यक्रममा कास्की क्षेत्र नम्बर २ बाट उम्मेद्‍वारी दिएका उम्मेद्‍वारहरूको
उपस्थितिमा कार्यक्रम सम्पन्न भएको मञ्चका अध्यक्ष डिल्लीराम बरालले जानकारी दिए ।

‘मातृभूमिप्रतिको
उच्च सम्मान
, समृद्धिको सङ्कल्पका लागि असल नेतृत्व छनोटमा
साझा अभियान’ भन्ने मूल मन्त्रसहित आयोजना गरिएको उक्त साक्षात्कार कार्यक्रममा
क्षेत्र नम्बर २ का उम्मेद्‍वारहरूले स्थानीय जनतासामु आफ्ना उम्मेदवारीको औचित्य
,
प्रतिबद्धता, एजेन्डा र घोषणात्रसमेत प्रस्तुत
गरेका थिए । प्रत्येक उम्मेद्‍वारहरूलाई आफ्नो प्रस्तुतिका लागि १० मिनेटको समय
उपलब्ध गराइएको र उपस्थित मतदाताहरूले आफ्ना राय
, सल्लाह,
सुझाव, माग एवम् जिज्ञासाहरू राखेपछि उम्मेद्‍वारहरूले
जनताले सोधेका प्रश्नको जबाफ दिएको विकास मञ्चका महासचिव गणेशप्रसाद ढकालले
जानकारी दिए।

कार्यक्रममा नेपाली
कम्युनिस्ट पार्टीका हेमबहादुर थापा पराजुली (किरण)
, प्रगतिशील
लोकतान्त्रिक पार्टीका दीपक भण्डारी
, उज्यालो नेपाल पार्टीका
उम्मेद्‍वार कुशल गुरुङ
, नेपाल जनमुक्ति पार्टीका उम्मेद्‍वार
ख्यामबहादुर गुरुङ
, स्वतन्त्र उम्मेदवार बिष्णु प्रसाद
तिवारीलगायतका उम्मेद्‍वाहरू सहभागी भइ आ-आफ्ना घोषणा पत्र प्रस्तुत गरेको विकास मञ्चका
अध्यक्ष बरालले जानकारी दिए । उक्त कार्यक्रममा आमा समूह
, टोल
विकास संस्था
, समाजसेवी, बुद्धिजीवी, नवपुस्ताका युवा, युवा क्लब, राजनीतिक
दल
, सामाजिक अभियन्ता, पत्रकार तथा
शैक्षिक व्यक्तित्वहरूको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति फाल्गुन ६, २०८२