शान्ति आधारभूत विद्यालयको ६९औँ वार्षिकोत्सव

शान्ति आधारभूत विद्यालयको ६९औँ वार्षिकोत्सव

Education News

@edunewsnp

२०८२ माघ ११ गते शनिवार ०२:०३

 पोखरा, माघ १० गते । पोखरा महानगरपालिका, वडा नम्बर ३०, शिशुवास्थित शान्ति आभारभूत विद्यालयको ६९ औँ वार्षिकोत्सव, अभिभावक दिवस तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गङ्गाराम तिमिल्सिनाको अध्यक्षतामा...

 

पोखरा, माघ १० गते । पोखरा
महानगरपालिका, वडा नम्बर ३०, शिशुवास्थित शान्ति आभारभूत विद्यालयको ६९ औँ
वार्षिकोत्सव, अभिभावक दिवस तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएको छ ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गङ्गाराम तिमिल्सिनाको
अध्यक्षतामा भएको कार्यक्रम पोखरा महानगरपालिका वडा नम्बर ३० का वडाअध्यक्ष दुर्गाप्रसाद
सुवेदीको प्रमुख अतिथ्यमा सम्पन्न भएको थियो । सुवेदीले शान्ति आधारभूत विद्यालय
वडा नम्बर ३० कै गौरव भएको भनाइ राखे । शिक्षा क्षेत्रको विकासका लागि वडाका
तर्फबाट गरिएको पहलको चर्चा गर्दै उनले शिक्षाको विकास नभई अन्य क्षेत्रको विकास
नहुने बताए । सो अवसरमा पोखरा- ३० निवासी स्व. अग्निलाल कायस्थ
, स्व.
विष्णुमाया कायस्थ र स्व. रमेश कायस्थको स्मृतिमा छोरीहरू जानकी कायस्थ र सुभद्रा
कायस्थद्वारा निर्माण गरिएको प्रवेशद्वारको पनि सुवेदीले उद्‍घाटन गरेका थिए । कार्यक्रममा
नवनिर्मित सरस्वती मन्दिरको अनावरण
, सभाहलको
उद्घाटन र ट्रस्स भवनको समेत उनले उद्घाटन गरेका थिए ।

विद्यालयका प्रधानाध्यापक मनिराम कडेलले वार्षिक प्रगति
प्रतिवेदन प्रस्तुत गर्दै विद्यालयको दूरदृष्टिको चर्चा गरेका थिए । भविष्यमा
विद्यालयले यातायातको व्यवस्था गरी विद्यार्थीहरूको सुविधालाई थप गर्ने योजना रहेको
बताउँदै कडेलले प्रविधिमैत्री पठनपाठनमा ध्यान दिइँदै आएको सुनाए ।

कार्यक्रममा पोखरा महानगरपालिका वडा नम्बर ३० का वडा सदस्य विनोदप्रसाद
लामिछाने
, पोखरा महानगरपालिकाका वरिष्ठ शिक्षा
अधिकृत बद्रीनाथ सुवेदी
, गण्डकी
प्रदेश अस्पतालका अध्यक्ष ऋषिराम जमरकट्टेल
,वडा
सदस्य उमा परियार, लेखनाथ सामुदयिक बचत तथा ऋण सहकारी संस्थाका उपाध्यक्ष कृष्णा
तिवारी लगायतले शुभकामना दिएका थिए ।

उक्त कार्यक्रममा पोखरा महानगरपालिका वडा नम्बर ३० निवासी
विद्यालयका सल्लाहकार दुर्गादत्त अधिकारीले  विद्यालयमा ५५ हजार ५५५ रुपियाँको अक्षय कोष
स्थापना गरेका थिए । त्यस्तै पूर्व अक्षयकोषदाता विन्दुकुमारी भण्डारीले यसअगाडिको
र५० हजार रुपियाँको अक्षयकोष  रकममा  रु. २० हजार रुपियाँ थप गरी जम्मा ७० हजार रुपियाँ
को अक्षयकोष निर्माण गरेकी थिइन् । त्यसैगरी विद्यालयका पूर्वशिक्षक अमृता
तिवारीले १० हजार पाँच रुपियाँको अक्षयकोष स्थापना गरिन् ।

कार्यक्रममा शान्ति आधारभूत आ. वि. सम्मान वर्ष २०८२ बाट
विद्यालयका शिक्षक वेदमाया पौडेल र विद्यालयका  लेखापाल कृष्ण अधिकारीलाई सम्मान गरिएको थियो ।
कार्यक्रममा पूर्वशिक्षक भगवती सिग्देल
,
सम्झना बास्तोला गौतम र अमृता तिवारीलाई बिदाइ तथा सम्मान गरिएको थियो ।
कार्यक्रममा विन्दुकुमारी भण्डारी अक्षयकोष
, टीकाराम
बास्तोला अक्षयकोषको पुरस्कार  साथै शैक्षिक
सत्र २०८१ को शैक्षिक पुरस्कार वितरणसमेत  गरिएको थियो । उक्त कार्यक्रममा छात्रछात्राहरूको
हौसलाका लागि  कार्यक्रमका अतिथि ऋषिराम
जमरकट्टेल,  वि व्य स अध्यक्ष गङ्गाराम
तिमिल्सिना
, जितप्रसाद द्वा, शिक्षक
कृष्ण अधिकारी
, विष्णु न्यौपाने भट्टराईले नगदसहित
विभिन्न विधामा विद्यार्थी सम्मान गरेका थिए । कार्यक्रममा विद्यार्थी क्रिस्टिना
पौडेल र सुजता राईले स्वागत गरेका थिए ।

शिक्षक अभिभावक सङ्घका अध्यक्ष जीवन ढकालले धन्यवाद ज्ञापन गरेका
कार्यक्रमको सञ्चालन विद्यालयका सहायक प्रधानाध्यापक भुवानीप्रसाद सुवेदीले गरेका
थिए ।

प्रकाशित मिति २०८२ माघ ११ गते शनिवार ०२:०३