साहित्य शृङ्खलाको २२ औँ अङ्क सिर्जना आलोक लोकार्पण

साहित्य शृङ्खलाको २२ औँ अङ्क सिर्जना आलोक लोकार्पण

Education News

@edunewsnp

२०८३ जेठ ४ गते सोमबार ११:०२

 पोखरा । साहित्य शृङ्खला पोखराद्वारा प्रकाशित पत्रिकार सिर्जना आलोकको २२ औँ अङ्क सार्वजनिक भएको छ । शृङ्खलाले नियमित रचना वाचनको २८४ औँ शृङ्खलासँगै आफ्नो नियमित प्रकाशन सिर्जना आलोकको नयाँ अङ्क सार्वजनिक गरेको हो । पृथ्वीनारायण क्याम्पसका...

 

पोखरा
साहित्य शृङ्खला पोखराद्वारा प्रकाशित पत्रिकार सिर्जना
आलोकको २२ औँ अङ्क सार्वजनिक भएको छ । शृङ्खलाले नियमित रचना वाचनको २८४ औँ
शृङ्खलासँगै आफ्नो नियमित प्रकाशन सिर्जना आलोकको नयाँ अङ्क सार्वजनिक गरेको हो ।

पृथ्वीनारायण
क्याम्पसका पूर्वप्रमुख गेहेन्द्रेश्वर कोरालाको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा
कोइरालाले नियमित आकस्मिकताको दर्शनबारे चर्चा पार्दै आकस्मिकता गुणात्मक
हुने  धारणा राखे । उनले शृङ्खलाका
गतिविधिहरू निरन्तर हुनु खुसीको कुरा भएको बताए ।

शृङ्खलाका
सल्लाहकार डा. कृष्णराज अधिकारीले डिजिटल लतमा लाग्नेहरूलाई पठन संस्कृतिलाई अगि
बढ्न सुझाव दिए । साहित्यिक सामग्रीहरू लक्षित 
वर्गसम्म पुग्नुपर्ने
, युवा केन्द्रित रचना सिर्जना
गर्नुपर्ने  र उनीहरूलाई आकषर्ण गर्दै
नाराका रूपमा मात्र नभई कलालाई अघग सार्नुपर्नेमा जोड दिए ।

साहित्यकार
नारायण मरासिनीले जेठ महिनालाई क्रान्तिको कविता लेख्ने कवि शिद्धिचरण श्रेष्ठ
, काव्य लेखन प्रगतिशील कविता लेख्ने मानक कवि गोकुल जोशी र पत्रकारितासँगै
प्रगति फाँटका कवि कृष्ण सेन इच्छुकलाई सम्झना गर्नुपर्ने महिनाका रूपमा चर्चा गरे

संस्थाका
सल्लाहाकार एवम् दर्शनशास्त्री रामराज रेग्मी
, पूर्वअध्यक्ष
लोकनाथ पुडासैनी
, शृङ्खलाका परिकल्पनाकार धनप्रसाद तामाङ, वामबुद्धिजीवी रामजी थापा, मार्क्सवादी स्रोत
अध्ययन केन्द्रका अध्यक्ष झलकपाणि तिवारी
, गण्डकी साहित्य सङ्गमका
अध्यक्ष भीमरानाभाट
, नियात्रा समाजका केन्द्रीय सदस्य एवम्
कलाकार तिलक पुन पुर्जालगायतले संस्थाको गतिशीलताका बारेमा चर्चा गर्दै शुभकामना
मन्तव्य दिएका थिए ।

सिर्जना
आलोकको समीक्षा सहप्राध्यापक डा. पुण्यप्रसाद शर्माले गरेका थिए । उपप्राध्यापक
एवम् आलोक शृङ्खलाका सम्पादक परशुराम कोइरालाले सम्पादकीय भनाइ राखेका थिए भने अर्का
सम्पादक उपप्राध्यापक निर्मल सापकोटाले कार्यक्रमको दौरानमा वाचित रचनाहरुको मिहिन
समीक्षा गरेका थिए ।

सो
अवसरमा सङ्गम सांस्कृतिक मञ्च
,नेपालका विकास लुङ्गेली, खेम लामा, डिबी बान्तवालगायतले साङ्गीतिक प्रस्तुति
राखेका थिए ।

लघुकथा
प्रतिष्ठान
, पोखराका अध्यक्ष  कल्याण पन्त, सचिव विष्णुप्रसाद
बास्तोला
, सदस्य ढाकामोहन बराल, पोखरेली
युवा सांस्कृतिक परिवारका उपाध्यक्ष लक्ष्मण थापा
, प्रगतिवादी
कवि नुमराज बराल
, साहित्यकार विद्याविमल बराल, जमुना कायस्थ, सिर्जना साहित्य सदन, घाचोकका पूर्वअध्यक्ष टेकनाथ पिडित, पूर्वप्रधानाध्यापक
हृषिकेश बराल
, शोभाकान्त गौडेल, कथाकार
आरसी आचार्यलगायतका स्रष्टाहरूले आफ्ना रचना सुनाएका थिए ।

विभिन्न
साहित्यिक सङ्घ संस्थाहरूको उल्लेख्य उपस्थितिमा सम्पन्न कार्यक्रमको अध्यक्ष
लक्ष्मण गौतम ‘हिमाली’ ले गरेका थिए । उपस्थित महानुभावहरूलाई शृङ्खलाकी सदस्य
लोचना अधिकारीको स्वागतमा भएको कार्यक्रमको संस्थाका सचिव काजी गाउँलेले कार्यक्रम
सञ्चालन  गरेका  थिए ।

प्रकाशित मिति २०८३ जेठ ४ गते सोमबार ११:०२