विष्णु भण्डारीको कथा सङ्ग्रह ‘अरुन्धतीको मृत्यु’ बजारमा

विष्णु भण्डारीको कथा सङ्ग्रह ‘अरुन्धतीको मृत्यु’ बजारमा

Education News

@edunewsnp

२०८० पुस १० गते मङ्गलबार १२:२१

 काठमाडौं । साहित्यकार विष्णु भण्डारीको कथा सङ्ग्रह ‘अरुन्धतीको मृत्यु’ मङ्गलवारदेखि बजारमा आएको छ । जनयुद्धकालीन विषय र प्रवृत्तिमाथि लेखिएका १६ वटा कथा कृतिमा सङ्गृहीत छन् । भण्डारीले कथामार्फत् युद्धकालीन नेपाली समाजको...

 

काठमाडौं साहित्यकार
विष्णु भण्डारीको कथा सङ्ग्रह ‘अरुन्धतीको मृत्यु’ मङ्गलवारदेखि बजारमा आएको छ ।

जनयुद्धकालीन
विषय र प्रवृत्तिमाथि लेखिएका १६ वटा कथा कृतिमा सङ्गृहीत छन् । भण्डारीले
कथामार्फत् युद्धकालीन नेपाली समाजको यथार्थलाई खोतल्ने प्रयास गरेका छन् । उनका
अनुसार यी कथा काल्पनिक र बनावटी यथार्थमाथि नभएर तत्कालीन समयका प्रतिनिधि घटना
, प्रवृत्ति र विषयमाथि
आधारित छन् । केही महिनाअघि मात्र उनको ‘नेपाली युद्धसाहित्य’ नामक गैरआख्यान
प्रकाशित भएको थियो ।

नेपाली
युद्धसाहित्यमाथि बहस गर्दै आएका भण्डारीले युद्धसाहित्य
(War 
Literature)
मात्र
नभएर युद्धपछिको साहित्य
(Postwar
Literature)
मा पनि काम गर्दै आएका
छन् । उनका अनुसार यसपछि आउने उनको कृतिमा युद्धमा संलग्न र युद्धबाट प्रभावित
नागरिकले युद्धपछि भोगेका ट्रमा र युद्धपछिको मानवीय संवेदनालाई आधार बनाएर
लेखिएका कथा रहने छन् । 

साहित्य
पार्टीको घोषणापत्र हुन सक्दैन भन्ने धारणा राख्ने भण्डारीले अहिलेसम्म प्रकाशित
सबैजसो कृतिमा राजनीतिक विषय र सामाजिक मुद्दालाई नै प्रमुखताका साथ उठाउँदै आएका पाइन्छन्
। राजनीतिक विषय र मुद्दालाई विषयवस्तु बनाएर साहित्य लेखे पनि उनको लेखनमा असङ्गत
राजनीति र भ्रष्ट राजनीतिज्ञमाथि तीव्र आक्रोश भेटिन्छ । समाजमा मौलाउँदै गएको
मूल्यहीनताका साथै सामाजिक
, सांस्कृतिक र राजनीतिक विकृति र विसङ्गतिको खरो
आलोचना उनको लेखनको प्रमुख पक्ष हो । ‘अलगधार’ उनको लेखनको रोडम्याप हो । 

चालिसको
दशकदेखि कविता विधामा कलम चलाउँदै आएका भण्डारी सत्तरीको दशकयता आख्यान र
गैरआख्यान लेखनमा क्रियाशील छन् । अहिलेसम्म उनका कविता सङ्ग्रह
, खण्डकाव्य, महाकाव्य, आख्यान र गैरआख्यान गरी
१२ वटा कृति प्रकाशित छन् । ‘पहेँलो घाम’ र ‘सुनको पहाड’ उनका अत्यधिक रुचाइएका उपन्यास
कृति हुन् ।

कथा
सङ्ग्रह ‘भुँडीपुराण प्रकाशन’ ले बजारमा ल्याएको हो । सुन्दर कलेवरसहित १९२ पृष्ठ
रहेको कृतिको मूल्य ३५० रुपियाँ राखिएको छ ।

प्रकाशित मिति २०८० पुस १० गते मङ्गलबार १२:२१