पोखरा–३३ मा अकला मन्दिरको ट्रस्ट भवन र खानेपानी ट्याङ्की उद्‍घाटन

पोखरा–३३ मा अकला मन्दिरको ट्रस्ट भवन र खानेपानी ट्याङ्की उद्‍घाटन

Education News

@edunewsnp

२०८२ फाल्गुण ३० गते शनिवार ०१:३६

 पोखरा, फागुन ३० गते । पोखरा-३३, आँपुभन्ज्याङमा नवनिर्मित अकला मन्दिर ट्रस्ट भवनको शनिवार उद्‍घाटन गरिएको छ । पोखरा महानगरपालिका, वडा नम्बर ३३ का वडाअध्यक्ष रामचन्द्र अधिकारीले ट्रस्टसँगै खानेपानी ट्याङ्की, सिँढी बाटो र शौचालयको...

 

पोखरा,
फागुन ३० गते ।
पोखरा-३३, आँपुभन्ज्याङमा नवनिर्मित अकला मन्दिर
ट्रस्ट भवनको शनिवार उद्‍घाटन गरिएको छ । पोखरा महानगरपालिका, वडा नम्बर ३३ का वडाअध्यक्ष
रामचन्द्र अधिकारीले ट्रस्टसँगै खानेपानी ट्याङ्की, सिँढी बाटो र शौचालयको एकसाथ
उद्‍घाटन गरेका हुन् ।

कार्यक्रममा वडाअध्यक्ष
अधिकारीले सामाजिक तथा सामुदायिक विकासका कार्यहरूमा स्थानीय सरकार
, जनप्रतिनिधि तथा स्थानीय समुदायबिचको सहकार्यमा जोड दिए । उनले सामूहिक
प्रयासबाट मात्र स्थानीय विकास र यसको दीर्घकालीन संरक्षण सम्भव हुने बताउँदै
यस्ता सफल सामाजिक कार्यहरू समाजका लागि अत्यन्त अर्थपूर्ण र प्रेरणादायी रहेको
धारणा व्यक्त गरे ।

निर्माण समितिका
अध्यक्ष होमबहादुर श्रेष्ठले स्थानीय सरकारको सीमित बजेटलाई प्रभावकारी रूपमा
सदुपयोग गर्दै आफ्नै नेतृत्वमा सफलतापूर्वक योजना सम्पन्न गर्न पाएकामा खुशी
व्यक्त गरे ।

पोखरा महानगरपालिका,
वडा नं. ३३ का वडासचिव मोहनप्रसाद ढुङ्गानाले सामाजिक संरचना निर्माणलाई पोखरा
महानगरपालिकाको नमुना विकास कार्यका रूपमा हेरिएको उल्लेख गरे ।

उपाध्यक्ष नरबहादुर
श्रेष्ठको स्वागतमा भएको कार्यक्रमको सञ्चालन सचिव बलबहादुर श्रेष्ठले गरेका थिए ।
निर्माण समितिकी कोषाध्यक्ष लक्ष्मी श्रेष्ठले निर्माण कार्यको आय-व्यय प्रस्तुत
गरेकी थिइन् । उनले ५ लाख रुपियाँ वडा कार्यालयका तर्फबाट र अन्य रकम स्थानीय
समुदायको सहयोगमा जुटाएर योजना सम्पन्न गरेको जानकारी दिइन् ।

निर्माण भएको ट्रस्ट
तथा अन्य संरचनाहरू केवल भौतिक पूर्वाधार मात्र नभई सामुदायिक एकता
, सेवा भावना र विकासको प्रतीक भएको उल्लेख गरिएको छ । यसले धार्मिक आस्था
संरक्षण
, पर्यटन प्रवर्धन तथा स्थानीय समुदायको सुविधा
अभिवृद्धि गर्न महत्त्वपूर्ण योगदान पुर्‍याउने विश्वासका साथै भविष्यमा विवाह
,
परम्परागत संस्कार तथा विभिन्न सामाजिक कार्यक्रमहरू सञ्चालन
गर्नसमेत उपयोग गर्न सकिने गरी दीर्घकालीन सोच र स्थानीय आवश्यकतालाई ध्यानमा राखी
निर्माण गरिएको स्थानीय रेशमलाल श्रेष्ठले जानकारी दिए ।

प्रकाशित मिति २०८२ फाल्गुण ३० गते शनिवार ०१:३६