छविलाल आचार्यको ‘मध्यरातमा सूर्य देख्दा’ लोकार्पण

छविलाल आचार्यको ‘मध्यरातमा सूर्य देख्दा’ लोकार्पण

Education News

@edunewsnp

२०८२ बैशाख २० गते शनिवार ०४:२०

 पोखरा । गण्डकी साहित्य सङ्गम, पोखराको आयोजनामा सङ्गमको कार्यसमितिका सदस्य छविलाल आचार्यको यात्रा संस्मरण ‘मध्यरातमा सूर्य देख्दा’ पुस्तकको लोकार्पण शनिवार पोखरामा गरिएको छ । कार्यक्रममा प्रमुख अतिथि हरिदेवी कोइराला र विशिष्ट...

 

पोखरा
गण्डकी साहित्य सङ्गम, पोखराको
आयोजनामा सङ्गमको कार्यसमितिका सदस्य छविलाल आचार्यको यात्रा संस्मरण ‘मध्यरातमा
सूर्य देख्दा’ पुस्तकको लोकार्पण शनिवार पोखरामा गरिएको छ ।

कार्यक्रममा प्रमुख
अतिथि हरिदेवी कोइराला र विशिष्ट अतिथि प्रा. रघुनाथ अधिकारी हुनुहुन्थ्यो ।
पुस्तकमाथि चर्चा गर्दै टिप्पणीकारद्वय रामराज रेग्मी र असफल गौतमले युरोपका
स्विट्जरल्यान्ड
, नर्वे,
बेलायत,
फ्रान्सलगायत
विभिन्न देशको सांस्कृतिक अवस्था
, त्यहाँको
प्रकृति
, भूगोल, सङ्ग्रहालयहरुमा
राखिएका कलाकृति
, त्यहाँका जातजातिहरुको
रहनसहन
, पुराना दरबार आदि बुझ्नका लागि
पुस्तक उपयोगी रहेको बताउनुभयो ।

कार्यक्रमका प्रमुख
अतिथि
, विशिष्ट अतिथि लगायत अन्य
वक्ताहरु झलकपाणि तिवारी
, तोयानाथ
लामिछाने
, यादवचन्द्र भुर्तेलले शुभकामना
मन्तव्यका सन्दर्भमा नियात्राकार छविलाल आचार्यद्वारा युरोपका विभिन्न देशहरुको
भ्रमणका क्रममा देखेभोगेका दृश्य तथा अनुभवलाई प्रतिविम्बन गरिएकाले सर्वसाधारण
पाठकका लागि पुस्तक उपयोगी रहेको कुरा व्यक्त गर्नुभएको थियो । सङ्गम सांस्कृतिक
मञ्चका कलाकारहरू काजी गाउँले
, विकास
लुङ्गेली
, डी. वी. बान्तवा लगायतले
कृतिकार आचार्यद्वारा सिर्जित गीत प्रस्तुत गर्नुभएको थियो भने गोविन्दप्रसाद
बरालले कविता वाचन गर्नुभएको थियो ।

उक्त कार्यक्रममा
प्रा.डा. यदुनन्दन उपाध्याय
, प्रा.डा.
यमबहादुर पौडेल क्षेत्री
, प्रा.डा.
जगन्नाथ रेग्मी
, बुद्धिजीवी शेषमणि आचार्य,
नारायण
परिश्रमी
, लोकबहादुर थापा,
कृष्णप्रसाद
बाँस्तोला
, सुरज उपाध्याय,
कोमलनाथ
बराल
, रामचन्द्र सुवेदी,
नरबहादुर
गुरुङ
, धनबहादुर नेपाली,
कृष्णप्रसाद
पौडेल
, छवि सुवेदी विजयी,
जनक
श्रेष्ठ
, सावित्री आचार्य,
ढाकामोहन
बराल
, बलराम पराजुली,
मनकुमारी
ढकाल
, शेषकान्त आचार्य,
टीकाराम
वाग्ले
, तुलसीराम सुवेदी,
माधवप्रसाद
मिश्र
, प्रेमप्रसाद शर्मा,
दुर्गादेवी
शर्मा
, सुरेन्द्र सापकोटा,
खेमराज
आचार्य
, ऋषिराम सापकोटा,
गीता
तिवारी
, मेघनाथ कुँवर,
रामबहादुर
कोइराला
, भानुभक्त अविरल,
शिवप्रसाद
पोखरेल
, मित्रबहादुर जिसी,
गुरुप्रसाद
बराल
, ध्रुव विपश्वी,
प्रकाश
वाग्ले
, बीना सिलवाल,
गोपालमणि
लामिछाने
, बद्री विनोद प्रतीक,
अम्बिकाप्रसाद
भट्टराई
, रामबहादुर कोइराला,
धर्मराज
पौडेल अल्पायु
, शोभाकान्त गौडेल,
लोकनाथ
पुडासैनी
, परशुराम कोइराला,
विष्णुप्रसाद
सुवेदी
, कृष्णबहादुर कुँवर,
हरिप्रसाद
बराल
, राम घले परियार,
लोकनाथ
दवाडी
, नवराज बराल,
धनप्रसाद
तामाङ
, बद्रीनाथ पहारी,
शिवराज
बराल
, तेजबहादुर गुरुङ,
नरनाथ
बराल लगायतको उपस्थिति रहेको थियो

कार्यक्रममा कृतिकारलाई
ताराप्रसाद तिमिल्सिनाले मन्तव्यद्वारा परिचित गराउनुभएको थियो भने कृतिकार
आचार्यले युरोप बसाइको आफ्नो अनुभूति व्यक्त गर्नुभएको थियो । भीम रानाभाटबाट
अध्यक्षता
, पद्मराज ढकालबाट स्वागत
मन्तव्य र प्राज्ञ नारायण मरासिनीबाट कार्यक्रमको सञ्चालन भएको थियो ।

प्रकाशित मिति २०८२ बैशाख २० गते शनिवार ०४:२०