कुमुदिनी होम्समा वक्तृत्वकला सम्पन्न

कुमुदिनी होम्समा वक्तृत्वकला सम्पन्न

Education News

@edunewsnp

२०८२ बैशाख १९ गते शुक्रबार ०२:१७

 पोखरा । पोखराको गैह्रापाटनमा अवस्थित कुमुदिनी होम्स माध्यमिक विद्यालयमा शुक्रवार वार्षिक कार्यतालिकाअनुसार नयाँ शैक्षिक सत्रको पहिलो अतिरिक्त क्रियाकलाप अन्तर्गत आधारभूत तह स्तरीय अंग्रेजी वक्तृत्वकला प्रतियोगिता सम्पन्न...

 

पोखरा
पोखराको गैह्रापाटनमा अवस्थित कुमुदिनी होम्स माध्यमिक
विद्यालयमा शुक्रवार वार्षिक कार्यतालिकाअनुसार नयाँ शैक्षिक सत्रको पहिलो
अतिरिक्त क्रियाकलाप अन्तर्गत आधारभूत तह स्तरीय अंग्रेजी वक्तृत्वकला प्रतियोगिता
सम्पन्न भएको छ ।

आधारभूत तह इन्चार्ज
सजनी मजु श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रतियोगी विद्यार्थीहरूले
” विज्ञान प्रविधिको महत्त्व “ 
र ” एक असल विद्यार्थी हुन मेरो कर्तव्य ” दुई छुट्टाछुट्टै
शीर्षकमध्ये एकमा आ- आफ्ना विचार व्यक्त गरेका थिए । प्रतियोगितामा कक्षा ७ (ग) की
संस्कृति गैह्रे प्रथम
, कक्षा ७ (ख) का श्रेयान्स
द्विवेदी द्वितीय
, कक्षा ६(ग) का  श्रेयान के.सी. तृतीय  र कक्षा ६ (क) का विमर्श नेपालीले सान्त्वना
स्थान हाँसिल गरेका छन् ।

शिक्षिका मुना
देवकोटाले सञ्चालन गरेको कार्यक्रममा शिक्षकहरू अभिशेक विश्वकर्मा र सावित्री बराल
निर्णायक र मनिष पौडेलले समयपालकको भूमिका निभाउनुभएको थियो । प्रतियोगितामा कक्षा
६ देखि ८ सम्मका करिब ४ दर्जन विद्यार्थीहरूले सहभागिता जनाएका कुरा कार्यक्रम
संयोजक श्रवण कुमार तिमिल्सिनाले जानकारी दिनुभयो ।


प्रकाशित मिति २०८२ बैशाख १९ गते शुक्रबार ०२:१७