रोकिन्न आन्दोलन- रामप्रसाद खनाल

रोकिन्न आन्दोलन- रामप्रसाद खनाल

Education News

@edunewsnp

२०८१ चैत २७ गते बिहिबार ०४:५१

 रोकिन्न आन्दोलन -            रामप्रसाद खनाल स्थायी होस्, गरियोस् सबै तरहका उस्तै बनुन् शिक्षक , जम्मै बालविकास रक्षित हुने, ख्वै कर्मचारी हक ? अस्थायी अवधी गरेर गणना तोक्नै पर्यो पेन्सन, शिक्षा ऐन नवीन लागु नगरे...

 

रोकिन्न
आन्दोलन

           
रामप्रसाद खनाल

स्थायी
होस्
,
गरियोस् सबै तरहका उस्तै बनुन् शिक्षक ,

जम्मै
बालविकास रक्षित हुने
, ख्वै कर्मचारी हक ?

अस्थायी
अवधी गरेर गणना तोक्नै पर्यो पेन्सन
,

शिक्षा
ऐन नवीन लागु नगरे रोकिन्न आन्दोलन ।।

 

बेलैमा
बढुवा नगर्नु किन हो
, अन्यायले ग्रसित,

भत्ता
ग्रेड निजामतीसरह होस् आयोगमार्फत् प्र अ ।

हाम्रा
शिक्षकका सुरक्षण हुने काउन्सील होस् स्थापन

शिक्षा
ऐन नवीन लागु नगरे रोकिन्न आन्दोलन ।।

 

बेजिल्ला
अनि जो सुदूरतिरमा भत्ता पुगोस् दुर्गम
,

जिल्लामै
हुनुपर्छ फेरि जि  शि का
, शिक्षा रहोस् संघमा

त्यो
संस्थागतमा समान सुविधा होस् है नहोस् वञ्चन

शिक्षा
ऐन नवीन लागु नगरे रोकिन्न आन्दोलन ।।

 

हाम्रो
होस् अधिकार रक्षित सधैं त्यै ट्रेड यूनीयन
,

यी
मुद्दा जति छन् बुझेर गरिदे सर्कार
, सम्वोधन ।

लौलौलौ
उठ जाग कम्मर कसी
, हे मित्र हे सज्जन !

शिक्षा
ऐन नवीन लागु नगरे रोकिन्न आन्दोलन ।।

 

हाम्रो
यो गणतन्त्रको समयमा
, पञ्चायती ऐनको

भोभो,,च्यात धर्यात्त पार यसको, बेमौसमी चैनको ।

सम्झौता
जति जे थियो विगतको
, बिर्स्यौ कि सम्झ्यौ भन

शिक्षा
ऐन तुरुन्त लागु नगरे रोकिन्न आन्दोलन ।।

 

नेता
शैक्षिकका नबिग्र उसरी “धारो-उधारो ” कतै
,

हामी
लड्न  तयार छौँ हरघडी
, जित्छौँ कि बित्छौँ यतै।

रातो
रक्त शिरा बगाइ धमनी सुक्तैन हाम्रो तन
,

शिक्षा
ऐन तुरुन्त लागु नगरे रुक्तैन  आन्दोलन ।।

गोरखा

प्रकाशित मिति २०८१ चैत २७ गते बिहिबार ०४:५१