दोलखा पोखरा मिलन समाजको शुभकामना आदान प्रदान

दोलखा पोखरा मिलन समाजको शुभकामना आदान प्रदान

Education News

@edunewsnp

२०८० कार्तिक २ गते बिहिबार ०३:१५

पोखरा । दोलखा जिल्लाबाट विभिन्न पेशा व्यवसायको शिलशिलामा  पोखरामा बसोबास गरिरहेका ब्यक्तिहरूको संस्था दोलखा पोखरा मिलन समाजले शनिबार नेपालीहरूको महान चाड विजयादशमीको अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको...

पोखरा । दोलखा
जिल्लाबाट विभिन्न पेशा व्यवसायको शिलशिलामा
  पोखरामा
बसोबास गरिरहेका ब्यक्तिहरूको संस्था दोलखा पोखरा मिलन समाजले शनिबार नेपालीहरूको
महान चाड विजयादशमीको अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको छ ।

 गण्डकी प्रदेश सरकारमा प्रमुख सचिव
लक्ष्मीकुमारी बस्नेतको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।
 सो
अवसरमा प्रमुख सचिव बस्नेतले
  समाजले
सामाजिक क्षेत्रमा पुर्याएको योगदानको चर्चा
 
गर्दै दोलखा र कास्कीलाई जोड्ने महत्त्वपूर्ण सेतुको रूपमा स्थापित  हुँदै दोलखा र कास्की  बिकासमा सहयात्री बन्नु पर्ने धारणा राख्नुभयो ।

उक्त
अवसरमा दोलखा जिल्लाका स्थायी बासिन्दा समेत रहनुभएकि प्रमुख सचिव  बस्नेतलाई समाजको तर्फबाट  पोखरामा स्वागत सहित सम्मान समेत गरिएको थियो।

  समाजका अध्यक्ष धन बहादुर खड्का (भरत )को
अध्यक्षतामा सम्पन्न कार्यक्रममा  संस्थाका
संस्थापक अध्यक्ष यादब बस्नेत
,समाजका मिडिया सल्लाहकार रामजी प्रसाद लम्साल,उपाध्यक्ष रमादेबी
खड्का   
सचिब कमल बहादुर बस्नेतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

यस
अघि शनिबार बिहान यस संस्थाको धार्मिक तथा संस्कृती  जोगाउने उद्धेश्य अन्तर्गत पोखरा महानगर पालिका
वडा नं १७ स्थित राम मन्दिर परिसरमा सरसफाइ कार्यक्रम सम्पन्न गरिएको उक्त समाजले
जनाएको छ ।

प्रकाशित मिति २०८० कार्तिक २ गते बिहिबार ०३:१५