लेखनाथ जयन्तीको कविता प्रतियोगितामा रामलाल प्रथम

लेखनाथ जयन्तीको कविता प्रतियोगितामा रामलाल प्रथम

Education News

@edunewsnp

२०८२ पुस १३ गते आईतबार १२:५८

 पोखरा, पुस १३ गते । १४२ ‍औँ लेखनाथ जयन्तीका अवसरमा आयोजित राष्ट्रव्यापी खुल्ला कविता प्रतियोगितामा छन्दतर्फ रामलाल कुमाल प्रथम भएका छन् । प्रतियोगितामा प्रेमनारायण ढकाल द्वितीय तथा श्रीधर पाण्डेय र कृष्णप्रसाद पौडेलले तृतीय...

 

पोखरा,
पुस १३ गते ।
१४२ ‍औँ लेखनाथ जयन्तीका अवसरमा आयोजित राष्ट्रव्यापी
खुल्ला कविता प्रतियोगितामा छन्दतर्फ रामलाल कुमाल प्रथम भएका छन् । प्रतियोगितामा
प्रेमनारायण ढकाल द्वितीय तथा श्रीधर पाण्डेय र कृष्णप्रसाद पौडेलले तृतीय स्थान
हासिल गरेका थिए । त्यसै गरी गद्यतर्फ केनिका गिरी प्रथम
, उमाकान्त पोखरेल द्वितीय र सुदिना पौडेलले तृतीय स्थान हासिल गरे ।

आइतबारदेखि सुरु भएको त्रिदिवसीय
कविशिरोमणि जन्मजयन्तीका कार्यक्रमअन्तर्गत आइतबार लेखनाथ काव्य परिचर्चा
, खुल्ला कविता प्रतियोगिता तथा विद्यालयस्तरीय स्थलगत कविता लेखन तथा वाचन
प्रतियोगिता सम्पन्न  भएका हुन् ।

लेखनाथ लायन्स क्लबका
अघ्यक्ष लायन बोधराज लामिछानेको अध्यक्षतामा भएको कार्यक्रममा लेखनाथ साहित्य
प्रतिष्ठानका  अध्यक्ष पद्मराज ढकालले
कार्यक्रममा स्वागत गर्दै लेखनाथका कविता सुनाए ।

नेपाल सङ्गीत तथा नाट्य
प्रज्ञा प्रतिष्ठानका पूर्वकुलपति साहित्यकार 
सरुभक्तले कवि लेखनाथका काव्यको परिचर्चा गरेका थिए । कार्यक्रममा ‘लेखनाथका
काव्यमा अद्वैत वेदान्त दर्शन’ शीर्षकमा विद्यावारिधी गरेका डाक्टर बोधराज ढकाल
, संस्कृत क्याम्पस पोखराका पूर्व क्याम्पस प्रमुख डाक्टर जगन्नाथ रेग्मी,
साहित्यकार नारायण मरासिनीलगायतले लेखनाथका काव्यका चर्चा गरेका थिए

त्रिदिवसीय कार्यक्रम अन्तर्गत
पुस १४ गते कविशिरोमणि जन्मस्थल सरसफाइ
, पुस १५ गते
अर्चलेमा मूल समारोह हुने छ । कार्यक्रमको लेखनाथ उद्योग वाणिज्य सङ्घ
, लेखनाथ पत्रकार मञ्च, लेखनाथ लायन्स, आमा समूहहरू,
युवा क्लब, बेगनास ताल बस सञ्चालक समिति सहआयोजक
रहेका छन् 

विद्यालयस्तरीय स्थलगत
कविता लेखन तथा वाचन प्रतियोगितामा लक्ष्मी आदर्श माविकी मनिषा खनाल प्रथम
,    रिलायन्स पब्लिक स्कुलकी
निष्ठा भट्टराई द्वितीय
, लिटल फ्लावरकी सुदिक्षा पौडेल र
जेसिएकी सुरक्षा बरालले तृतीय स्थान हासिल गरेका थिए ।

प्रकाशित मिति २०८२ पुस १३ गते आईतबार १२:५८