एन प्याब्सनको बाल प्रतिभा पहिचान तथा खेलकुद प्रतियोगिताको तयारी पूरा

एन प्याब्सनको बाल प्रतिभा पहिचान तथा खेलकुद प्रतियोगिताको तयारी पूरा

Education News

@edunewsnp

२०८२ मङ्सिर १९ गते बिहिबार ०३:०६

 पोखरा, मङ्सिर १८ गते । नेसनल प्याब्सन, कास्कीको आयोजनामा हुने दोस्रो बृहत बाल प्रतिभा पहिचान महोत्सव तथा खेलकुद प्रतियोगिता–२०८२ को सम्पूर्ण तयारी पूरा भएको छ । बाल प्रतिभा पहिचान मङ्सिर २४ देखि २६ गतेसम्म पोखरा प्रदर्शनी केन्द्र...

 

पोखरा, मङ्सिर १८ गते । नेसनल प्याब्सन, कास्कीको आयोजनामा हुने दोस्रो बृहत बाल प्रतिभा पहिचान महोत्सव तथा
खेलकुद प्रतियोगिता–२०८२ को सम्पूर्ण तयारी पूरा भएको छ ।

बाल प्रतिभा पहिचान मङ्सिर
२४ देखि २६ गतेसम्म पोखरा प्रदर्शनी केन्द्र र खेलकुद प्रतियोगिता मङ्सिर २० देखि
२३ गतेसम्म पोखरा रङ्गशालामा हुने छ । कार्यक्रमको औपचारिक उद्घाटन भने मङ्सिर २४
गते हुने छ । कार्यक्रम सम्पन्न गर्नका लागि गठित विभिन्न उपसमितिले तयारी पूरा
गरेका एन प्याब्सन कास्कीका अध्यक्ष हेमन्त अधिकारीले जानकारी दिए ।

अधिकारीका अनुसार
प्रतियोगितामा एन प्याब्सन कास्कीमा आबद्ध विद्यालयका १ हजार ५ सय विद्यार्थीले
विभिन्न विधामा प्रतिस्पर्धा गर्ने छन् । 
प्रतियोगितामा एन प्याब्सनमा आबद्ध ४३ ओटा विद्यालयका विद्यार्थीले
प्रतिस्पर्धा गर्ने छन् । विजेता विद्यालय तथा विद्यार्थीलाई ट्रफी र मेडल प्रदान
गरिने छ ।

 महोत्सव कास्की तथा छिमेकेकी
जिल्लाका निजी तथा सामुदायिक विद्यालयका विद्यार्थी
, अभिभावकले
समेत अवलोकन गर्न सक्ने भएकाले सहभागिता व्यापक रहने अधिकारीले जानकारी दिए ।  ‘यो महोत्सव विद्यार्थीहरुको अन्तर्निहित
प्रतिभा प्रस्तफुटन मात्र नभई सिकाइको थलो पनि हुने हामीले विश्वास लिएका छौँ’
उनले भने
, ‘यो महत्त्वपूर्ण अवसरलाई सदुपयोग गर्नका लागि
महोत्सव अवलोकन गर्न सम्पूर्ण कास्कीका विद्यार्थी तथा अभिभावकलाई निमन्त्रणा
गर्दछौँ ।’

बाल प्रतिभा पहिचानअन्तर्गत
सामूहिक लोकनृत्य
, एकल गायन, चित्रकला, कविता वाचन, अभिनय,
विज्ञान तथा प्रविधि, 
हस्तकलाअन्तर्गत पात, पराल र चोयाबाट
निर्मित सामग्रीहरु
, र अङ्ग्रेजी वक्तृत्वकला प्रतियोगिता
रहेको एन प्याब्सन कास्कीका अतिरिक्त क्रियाकलाप प्रमुख राजु कायस्थले जानकारी दिए
  

अङ्ग्रेजी वक्तृत्वकला
प्रतियोगितामा कक्षा ९ देखि १२ सम्मका विद्यार्थीले सहभागिता जनाउने छन् भने अन्य
प्रतियोगितामा कक्षा १ देखि १० सम्मका विद्यार्थीहरुको सहभागिता रहने एन प्याव्सन
कास्कीका सचिव प्रेमराज अधिकारीले जानकारी दिए ।

त्यसैगरी खेलकुदतर्फ
छात्र क्रिकेट प्रतियोगिता र छात्र फुटसल प्रतियोगिता रहेको छ । क्रिकेटतर्फ कक्षा
१ देखि १० सम्मका विद्यार्थीले सहभागिता जनाउने छन् भने फुटसलतर्फ कक्षा ११ र १२
का विद्यार्थीले मात्र सहभागिता जनाउने कोषाध्यक्ष राजु केसीले जानकारी दिए ।

मङ्सिर २० गतेदेखि सुरु
हुने क्रिकेट प्रतियोगिताको उद्घाटन खेल अल्फा एकेडेमी र सिद्धार्थ लवडेलबिच हुने
भएको छ भने फुटसलतर्फ उद्घाटन खेल नेसनल क्रियसन र न्यू ग्यालेक्सीबिच हुने छ ।
दुवै खेल पोखरा रङ्गशालामा हुने छ ।

प्रतियोगिता सम्पन्न
गर्नका लागि उपसमितिअन्तर्गत सामूहिक लोकनृत्य प्रतियोगिताको संयोजकमा शिवराज पौडल
तथा सदस्यहरुमा पितृराज अधिकारी र विक्रम सुवेदी रहेका छन् । एकल गायन
प्रतियोगिताको संयोजकमा अर्जुनप्रसाद अधिकारी तथा सदस्यहरुका हेम रानाभाट
, रुद्रप्रसाद अधिकारी साथै सल्लाहकारमा तिलकप्रसाद अधिकारी रहेका छन् ।

त्यसैगरी चित्रकला
प्रतियोगिताको संयोजकमा विष्णुप्रसाद पौडेल तथा सदस्यहरुमा मित्र राई र सुरेशराज
पाण्डे रहेका छन् । कविता वाचन प्रतियोगिताको संयोजकमा हरिराज अधिकारी तथा
सदस्यहरुमा विक्रम सुवेदी र भुवन पौडेल रहेका छन् । अभिनय प्रतियोगिताको संयोजकमा
विक्रम सुवदी तथा सदस्यहरुमा दिपु भारी र अशोक शर्मा रहेका छन् ।

विज्ञान तथा प्रविधि
प्रतियोगिताको संयोजकमा तोलाकान्त न्यौपाने तथा सदस्यहरूमा अजय थापा र शालिग्राम
पराजुली रहेका छन् । हस्तकला प्रतियोगिताको संयोजकमा रमेशराज पौडेल तथा सदस्यहरुका
गगन गुरुङ र सोमनाथ पौडेल रहेका छन् । अंङ्ग्रेजी वक्तृत्वकला प्रतियोगिताको
संयोजकमा हेम रानाभाट तथा सदस्यहरुमा हरि धमला र मित्र राई रहेका छन् ।

त्यसैगरी खेलकुद
प्रतियोगिताअन्तर्गत क्रिकेट प्रतियोगिताको संयोजकमा ज्ञानेन्द्रबहादुर थापा तथा
सदस्यहरूमा हिमाल गुरुङ र देवराज कार्की रहेका छन् । फुटसल प्रतियोगिताको संयोजकमा
अर्जुनप्रसाद पाण्डे तथा सदस्यहरूमा ज्ञानेन्द्रबहादुर थापा
, हिमाल थापा र सल्लाहकारमा केशवशरण पौडेल रहेका छन् ।

प्रकाशित मिति २०८२ मङ्सिर १९ गते बिहिबार ०३:०६