पराजुलीको `बखान´ उपन्यासको स्याङ्जाको वालिङमा विमर्श

पराजुलीको `बखान´ उपन्यासको स्याङ्जाको वालिङमा विमर्श

Education News

@edunewsnp

२०८३ बैशाख १३ गते आईतबार ०३:३३

 स्याङ्जा, वैशाख १३ गते । युवा लेखक, पत्रकार वसन्त पराजुलीको `बखान´ उपन्यासमाथि स्याङ्जाको वालिङमा विमर्श गरिएको छ । वैकल्पिक बाटो पृथक पाइला सिर्जनात्मक अभियान २०७६, स्याङ्जाले आइतबार अपरान्ह नेचुरल भ्यू पोइन्ट रेस्टुरेन्ट,...

 

स्याङ्जा, वैशाख १३ गते । युवा लेखक, पत्रकार वसन्त पराजुलीको `बखान´ उपन्यासमाथि स्याङ्जाको वालिङमा विमर्श गरिएको छ । वैकल्पिक बाटो पृथक
पाइला सिर्जनात्मक अभियान २०७६
, स्याङ्जाले आइतबार अपरान्ह
नेचुरल भ्यू पोइन्ट रेस्टुरेन्ट
, वालिङ बजारमा विमर्श
कार्यक्रम गरेको हो ।

उपन्यास ‘बखान’
प्रजातन्त्रका सेनानी बखानसिंह गुरुङको जीवनमा आधारित छ
, जसमा चितवनको तत्कालीन आर्थिक, सामाजिक, सांस्कृतिक तथा ऐतिहासिक पक्षलाई सशक्त रूपमा चित्रण गरिएको छ ।

पुस्तकमाथि टिप्पणी
गर्दै समीक्षक तथा साहित्यिक अभियन्ता मिलन समीरले बखान उपन्यास बखानसिंह गुरुङको
जीवनीसँगसँगै एउटा इतिहासको कालखण्ड भएको बताए ।
`बखानमा
सात सालको क्रान्तिको कथा
, त्यो बेलाको जीवनको तस्वीर,
सहकारीसँग सम्बन्धित विषयका साथै चितवनको परिवेश समेटिएको छ´
समीरले भने – `चितवनको बस्ती विकासको इतिहास,
नेपाली कांग्रेसको इतिहासका साथै पर्यावरणीय चेतसमेत उपन्यासमा
केलाइएको छ ।
´

कार्यक्रममा उपन्यासकार
पराजुलीले आफूले ऐतिहासिक घटनाक्रमलाई जोखिम उठाएर उपन्यास तयार पारेको बताए ।
चितवनको बस्ती विकास
, सहकारी स्थापना र चितवनको
राजनीतिमा बखानसिंह गुरुङले पुर्‍याएको योगदानलाई आफूले उपन्यासमा उतारेको
पराजुलीले बताए ।

कार्यक्रममा नेपाल
राष्ट्रिय शिक्षक सङ्गठनका पूर्व केन्द्रीय उपाध्यक्ष यामबहादुर कुँवरले बखानसिंह
गुरुङको योगदानको चर्चा गर्दै बखानसिंहलाई पुस्तकमा उतार्ने काम गरेकोमा लेखक
पराजुलीलाई धन्यवाद दिए ।

कार्यक्रमलाई कवि, निबन्धकार शम्भु अर्यालले सहजीकरण गरेका थिए । नेपाल पत्रकार महासङ्घ
चितवन शाखाका अध्यक्ष रहेका पराजुलीका यसअघि
`कुमाता´,
`मोम्चो´ `ड्रीमी आइज´
कथासङ्ग्रह प्रकाशित छन् ।

प्रकाशित मिति २०८३ बैशाख १३ गते आईतबार ०३:३३