‘पेन्सन पट्टा’को टिजर सार्वजनिक : प्रेम, त्याग, आत्मसम्मान र गुरुङ समुदायको जीवनकथालाई पर्दामा उतार्ने तयारी (भिडियो)

‘पेन्सन पट्टा’को टिजर सार्वजनिक : प्रेम, त्याग, आत्मसम्मान र गुरुङ समुदायको जीवनकथालाई पर्दामा उतार्ने तयारी (भिडियो)

Education News

@edunewsnp

साउन २२, २०८३

पोखरा, साउन २२ गते । प्रेम, त्याग, संघर्ष र आत्मसम्मानको भावनात्मक कथामा आधारित नेपाली चलचित्र ८८‘पेन्सन पट्टा’८८को टिजर सार्वजनिक गरिएको छ । आगामी भदौ २६ गतेदेखि देशभर प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्रले टिजरमार्फत पारिवारिक...

पोखरा, साउन २२ गते । प्रेम, त्याग, संघर्ष
र आत्मसम्मानको भावनात्मक कथामा आधारित नेपाली चलचित्र ८८‘पेन्सन पट्टा’८८को टिजर सार्वजनिक गरिएको छ । आगामी भदौ २६ गतेदेखि देशभर प्रदर्शनमा
आउने तयारीमा रहेको चलचित्रले टिजरमार्फत पारिवारिक सम्बन्ध
, सामाजिक यथार्थ र गुरुङ समुदायको जीवनशैलीलाई मार्मिक रूपमा प्रस्तुत
गर्ने संकेत दिएको छ ।

सार्वजनिक टिजरमा
दयाहाङ राई
, स्वर्गीय सुनिल थापा, गौमाया
गुरुङ
, पशुपति राई, बुद्धि तामाङ,
विल्सन विक्रम राई, पंचसुब्बा गुरुङ (दिल),
माया गुरुङ, विश्वास गुरुङ, प्रतिक्षा गुरुङ, पुस्कर गुरुङ, राज थापा, डीबी गुरुङ, अनुसा
राई
, मनोज गुरुङ, सोल गुरुङ, मनिका गुरुङ, लुभिना तुलाधर, सुरज
तमु लगायतका कलाकारको अभिनय समेटिएको छ। चलचित्रमा पात्रहरूको भावनात्मक उतारचढाव
,
पारिवारिक जिम्मेवारी र सामाजिक यथार्थलाई विशेष महत्वका साथ
प्रस्तुत गरिएको टिजरले देखाउँछ ।

टिजरको मुख्य आकर्षण
बनेको संवाद “पेन्सन पट्टा कागजको टुक्रा मात्रै होइन
, जीवन चलाउने आधार पनि हो“ ले चलचित्रको मूल विषयवस्तुलाई उजागर गरेको छ।
पेन्सनलाई केवल आर्थिक सुविधाका रूपमा नभई परिवारको आशा
, भविष्य
र अस्तित्वसँग जोडिएको आधारका रूपमा प्रस्तुत गरिएको छ ।

माओत्से गुरुङ
फिल्म्सको ब्यानरमा निर्माण भएको चलचित्रको कथा तथा निर्देशन माओत्से गुरुङकै
रहेको छ । यसअघि सार्वजनिक गरिएको ‘जुनीजाला’ गीतले दर्शक तथा श्रोतामाझ राम्रो
प्रतिक्रिया पाएको थियो। चलचित्रको छायाङ्कन कास्कीको ताङतिङ र पोखराका विभिन्न
रमणीय स्थानमा गरिएको छ। निर्माण पक्षका अनुसार चलचित्र विशुद्ध गुरुङ समुदायको
सामाजिक परिवेश
, संस्कार, संस्कृति,
पारिवारिक सम्बन्ध र जीवन भोगाइमा आधारित छ ।

चलचित्रका लेखक तथा
निर्देशक माओत्से गुरुङले ‘पेन्सन पट्टा’ केवल एउटा चलचित्र नभई समाजको यथार्थ कथा
भएको बताए। उनका अनुसार गुरुङ समुदायका धेरै परिवारको जीवनमा पेन्सनले आर्थिक
सुरक्षासँगै आशा र भविष्य बोकेको हुन्छ
, तर त्यससँग
जोडिएका पारिवारिक सम्बन्ध
, त्याग, पीडा
र आत्मसम्मानका कथाहरू भने कमै सुनिने गरेका छन् ।

उनले भने, “हामीले यो चलचित्रमार्फत गुरुङ समुदायको एउटा वास्तविक जीवन भोगाइलाई
पर्दामा उतार्ने प्रयास गरेका छौं। पेन्सन पट्टा केवल कागज होइन
, धेरै परिवारको जीवन धान्ने आधार हो। त्यससँग जोडिएका सम्बन्ध, प्रेम, त्याग र आत्मसम्मानका पक्षलाई दर्शकले आफ्नै
परिवारको कथा जस्तै महसुस गर्ने विश्वास लिएका छौं ।
“

गुरुङका अनुसार चलचित्र
कुनै एक समुदायमा मात्रै सीमित नभई नेपाली समाजका साझा भावना र पारिवारिक मूल्यलाई
बोकेको कथा भएकाले सबै वर्गका दर्शकले यससँग आफूलाई जोड्न सक्ने छन् । उनले
दर्शकलाई हलमै पुगेर चलचित्र हेरी नेपाली मौलिक कथालाई साथ दिन आग्रह पनि गरेका
छन् ।

सामाजिक यथार्थ, अनुभवी कलाकारहरूको अभिनय, गुरुङ संस्कृतिको मौलिक
प्रस्तुति र भावनात्मक कथावस्तुका कारण ‘पेन्सन पट्टा’ यस वर्षको प्रतीक्षित
नेपाली चलचित्रमध्ये एक बन्ने अपेक्षा गरिएको छ । चलचित्र भदौ २६ गतेदेखि देशभरका
सिनेमा हलमा प्रदर्शनमा आउने छ ।


प्रकाशित मिति साउन २२, २०८३