कुमुदिनीका विद्यार्थीहरू द ड्युक अफ एडिनबग्स इन्टरनेसनल एवार्डबाट सम्मानित

कुमुदिनीका विद्यार्थीहरू द ड्युक अफ एडिनबग्स इन्टरनेसनल एवार्डबाट सम्मानित

Education News

@edunewsnp

२०८२ बैशाख १५ गते सोमबार ०२:३२

 पोखरा । पोखराको प्रतिष्ठत विद्यालय कुमुदिनी होम्सका विद्यार्थीहरू द ड्युक अफ एडिनबग्स इन्टरनेसनल एवार्डबाट सम्मानित भएका छन् । आज एक कार्यक्रमको आयोजना गरी जम्मा बिस जना विद्यार्थीहरूलाई उनीहरूका अभिभावकसहित  सम्मान गरिएको...

 

पोखरा
पोखराको प्रतिष्ठत विद्यालय कुमुदिनी होम्सका विद्यार्थीहरू
द ड्युक अफ एडिनबग्स इन्टरनेसनल एवार्डबाट सम्मानित भएका छन् । आज एक कार्यक्रमको
आयोजना गरी जम्मा बिस जना विद्यार्थीहरूलाई उनीहरूका अभिभावकसहित  सम्मान गरिएको हो ।

सन् १९५६ देखि वेलायतका
राजकुमार फिलिपद्वारा सञ्चालन गरिएको अन्तराष्ट्रिय कार्यक्रम हाल १४४ देशमा
सञ्चालित छ। नेपालको गण्डकी प्रदेशमा कुमुदिनी होम्स माध्यमिक विद्यालय पहिलो
विद्यालय भएको र हाल चौँथो ब्याचले सफलतापूर्वक कार्यक्रम सम्पन्न गरेको कुरा
विद्यालयक संस्थापक अध्यक्ष अशोक पालिखेले जानकारी दिनुभयो ।

विद्यार्थीहरूलाई
पढाइबाहेक विभिन्न सामाजिक गतिविधिमा संलग्न गराइ समाजप्रति योगदानको भावना जागृत
गराइ १४ देखि २४ वर्षसम्मका युवा युवतीहरूलाई 
नेतृत्व लिन सक्ने क्षमता बहन गराउने
, आत्मविश्वास,
सहनशीलता र करुणाको भाव जगाउने उदेश्यले यस्ता कार्यक्रम सञ्चालन
गरिँदै आएको कुरा कार्यक्रम संयोजक अभिशेक विश्वकर्माले जानकारी गराउनु भयो ।

सम्मानित हुने
विद्यार्थीहरूमा आदिकर पालिखे
, उन्नत पुन , श्रेयासी बाटाजु, सुवाशी शर्मा , कृतिका पराजुली , साज श्रेष्ठ, जन्ड गुरुङ , दिप्लप बोहोरा, स्वप्निल
रायमाझी
, आदि गुरुङ , अविन पौडेल,
ऐश्वरी श्रेष्ठ , दिवास्न पुन , युनिका ज्वारचन , कस्मिन थापा मगर, कोसिस कार्की, रोज्ली तामाङ , सान्भी
श्रेष्ठ
, सौगात गिरि र श्रेयान बाटाजु रहेका छन् ।

कार्यक्रममा  विद्यालय संस्थापक मिना पालिखेले
विद्यार्थीहरूलाई प्रमाणपत्र र विद्यालय निर्देशक कुशल पालिखेले ब्याच प्रदान
गर्नु भएको थियो ।

प्रकाशित मिति २०८२ बैशाख १५ गते सोमबार ०२:३२