भण्डारीद्वारा देवघाटका विद्यार्थीलाई शैक्षिक सामग्री

भण्डारीद्वारा देवघाटका विद्यार्थीलाई शैक्षिक सामग्री

Education News

@edunewsnp

२०८३ साउन २ गते शनिवार ०४:३१

  पोखरा, साउन २ गते । समाजसेवी विजयराज भण्डारी तनहुँको देवघाटस्थित गलेश्वर आश्रमद्वारा सञ्चालित वेद-वेदाङ्ग गुरुकुलका २२५ विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरेका छन् । नेपाल शिक्षक सङ्घ, कास्कीका पूर्व अध्यक्ष, नेपाल...

 

पोखरा,
साउन २ गते ।
समाजसेवी विजयराज भण्डारी तनहुँको देवघाटस्थित
गलेश्वर आश्रमद्वारा सञ्चालित वेद-वेदाङ्ग गुरुकुलका २२५ विद्यार्थीलाई शैक्षिक
सामग्री वितरण गरेका छन् ।

नेपाल शिक्षक सङ्घ,
कास्कीका पूर्व अध्यक्ष
, नेपाल ट्रेड युनियन काङ्ग्रेस, कास्कीका
निवर्तमान अध्यक्ष तथा नवप्रभात माध्यमिक विद्यालय
, नयाँबजारका
पूर्वप्रधानाध्यापकसमेत रहेका भण्डारी हाल जनप्रकाश बहुमुखी क्याम्पस
, पोखरा–२९ का अध्यक्ष रहेका छन् । उनले शिक्षाको विकास र समाजसेवामा
निरन्तर महत्त्वपूर्ण योगदान दिँदै आएका छन् ।

गलेश्वरमा सम्पन्न
कार्यक्रममा शान्ति आधारभूत विद्यालय
, पोखरा–३० का
प्रधानाध्यापक मनिराम कडेल
, पोखरा–३१ का समाजसेवी ध्रुवनाथ
अधिकारी
, शिक्षक लक्ष्मी तिमिल्सिना, शिक्षक
ऋषिराम रानाभाट तथा कलाकार वसन्त रानाभाटलगायतको सहभागिता रहेको थियो । गलेश्वर
आश्रम परिवार तथा वेद–वेदाङ्ग विद्यालयले भण्डारीलाई धन्यवाद ज्ञापन गरेको थियो ।

कास्की र तनहुँका
विभिन्न विद्यालयमा सहयोग गर्दै आएका भण्डारीले यसअगि पोखरा–१९ चुरुङ्गास्थित धारा
आधारभूत विद्यालयमा अध्ययनरत ६० जना विद्यार्थीहरूलाई विद्यालय पोसाक तथा स्टेशनरी
वितरण गरेका थिए । त्यसै गरी उनले लक्ष्मी आदर्श माध्यमिक विद्यालय, पोखरा–२७ मा १
लाख, सिर्जना बहिरा माध्यमिक विद्यालय, पोखरा–२६ मा  १ लाख, रत्नशोभा माध्यमिक विद्यालय, पोखरा–२८ मा
१ लाख ५० हजार र शान्ति आधारभूत विद्यालय, पोखरा–३० मा १ लाख रुपियाँको अक्षयकोष
स्थापना गरेका थिए ।

यसै वर्ष रूपा
गाउँपालिकास्थित माईमैदान आधारभूत विद्यालय
, कल्प आधारभूत
विद्यालय तथा माछापुच्छ्रे गाउँपालिकाको बाराही आधारभूत विद्यालयका विद्यार्थीहरूलाई
विद्यालय पोसाक वितरण गर्नुका साथै पोखरा–३२ स्थित राधाकृष्ण आश्रममा सञ्चालित
विद्यालयमा खाद्यान्न तथा स्टेशनरीसमेत सहयोग गरेका थिए ।

प्रकाशित मिति २०८३ साउन २ गते शनिवार ०४:३१