पोखरामा हरित विद्यालयसम्बन्धी गण्डकी प्रदेशस्तरीय तालिम सम्पन्न

पोखरामा हरित विद्यालयसम्बन्धी गण्डकी प्रदेशस्तरीय तालिम सम्पन्न

Education News

@edunewsnp

२०८३ साउन ४ गते सोमबार ०२:२४

 पोखरा, साउन ४ गते । प्रधानाध्यापकहरूको पेसागत क्षमता अभिवृद्धि तथा विद्यालयमा दिगो विकास र वातावरणीय शिक्षालाई प्रभावकारी रूपमा कार्यान्वयन गर्ने उद्देश्यले Principal Association of Nepal–PAN को समन्वयमा युनेस्को (UNESCO) र काठमाडौं विश्वविद्यालयको...

 

पोखरा, साउन ४ गते । प्रधानाध्यापकहरूको पेसागत
क्षमता अभिवृद्धि तथा विद्यालयमा दिगो विकास र वातावरणीय शिक्षालाई प्रभावकारी
रूपमा कार्यान्वयन गर्ने उद्देश्यले
Principal Association of
Nepal–PAN को समन्वयमा युनेस्को (UNESCO)
काठमाडौं विश्वविद्यालयको सहकार्यमा पोखरामा हरित विद्यालय (
Green School) सम्बन्धी चारदिने प्रादेशिक तालिम सम्पन्न भएको छ ।

गण्डकी प्रदेशका
विभिन्न विद्यालयबाट १५ जना प्रधानाध्यापक र १५ जना हरित विद्यालय फोकल शिक्षक गरी
३० जना सहभागी रहेको उक्त तालिममा विद्यालयलाई वातावरणमैत्री
, दिगो र जलवायु–उत्तरदायी बनाउने अवधारणा, नीति,
कार्यढाँचा तथा व्यावहारिक पक्षबारे विस्तृत छलफल गरिएको थियो ।
तालिममा युनेस्कोद्वारा प्रकाशित “
Greening Curriculum: Teaching and
Learning for Climate Action” लगायत नेपाल सरकार तथा युनेस्कोका
सम्बन्धित मार्गदर्शक दस्तावेजहरूको अध्ययन र प्रयोगका विषयमा अभिमुखीकरण गरिएको
थियो ।

कार्यक्रममा जलवायु
परिवर्तन
,
जैविक विविधता संरक्षण, पारिस्थितिकीय प्रणाली,
जलवायु न्याय, विपद् तथा उत्थानशीलता (Resilience),
दिगो जीवनशैली, परिपत्र अर्थतन्त्र (Circular
Economy) जस्ता विषयलाई विद्यालय शिक्षासँग कसरी एकीकृत गर्ने भन्ने
विषयमा गहन छलफल भएको थियो । साथै
, विभिन्न विषयका
पाठ्यवस्तुसँग हरित विद्यालयको अवधारणालाई अन्तरसम्बन्धित गर्दै
विद्यार्थीकेन्द्रित
, परियोजनामा आधारित तथा व्यवहारमुखी
सिकाइलाई प्रवर्धन गर्ने उपायहरू प्रस्तुत गरिएका थिए ।

तालिममा हरित
विद्यालयसम्बन्धी पाठयोजना (
Lesson Plan) निर्माणसम्बन्धी
छलफलसमेत भएको थियो । सहभागीहरूले विभिन्न विषयमा वातावरणीय तथा दिगोपनका
अवधारणालाई समेटेर अन्तरविषयगत पाठयोजना तयार गर्ने अभ्यास गरेका थिए । त्यसपछि
कास्कीको भद्रकाली माध्यमिक विद्यालय
, कुँडहरमा पुगेर ती
पाठयोजनाका आधारमा प्रदर्शन कक्षा सञ्चालन गरिएको थियो । प्रदर्शन कक्षाको काठमाडौँ
विश्वविद्यालयका प्राध्यापकहरू तथा युनेस्कोका प्रतिनिधिहरूले अवलोकन गरी
सहभागीहरूलाई रचनात्मक सुझाव र पृष्ठपोषण (
Feedback) प्रदान
गरेका थिए । तालिममा काठमाडौँ विश्वविद्यालयका प्राध्यापक तथा सङ्काय सदस्यहरू
,
युनेस्कोका प्रतिनिधिहरू तथा Principal Association Nepal नेपालका पदाधिकारीहरूले सहजीकरण गरेका थिए ।

कार्यक्रममा PAN का केन्द्रीय  अध्यक्ष सुदाम
गौतमले विद्यालय नेतृत्वले हरित
, दिगो र जलवायुमैत्री
विद्यालय निर्माणमा निर्वाह गर्नुपर्ने भूमिकाबारे प्रकाश पारेका थिए । गण्डकी
प्रदेशबाट सुरु भएको कार्यक्रमलाई ७ ओटै प्रदेशका १०० भन्दा धेरै स्कुलका
प्रधानाध्यापक र फोकल शिक्षकलाई तालिम दिने र बर्सेनि यो सङ्ख्या वृद्धि गर्दै
लैजाने योजना रहेको जानकारी गौतमले जानकारी दिए ।

 

त्यसैगरी शिक्षा विकास
तथा समन्वय एकाइ, कास्कीका प्रमुख लोकनाथ आचार्यले सहभागी शिक्षकहरूलाई शुभकामना
व्यक्त गर्दै तालिमबाट प्राप्त ज्ञान र सिपलाई विद्यालयमा प्रभावकारी रूपमा
कार्यान्वयन गर्न आग्रह गरेका थिए ।

तालिमको समापनसँगै
सहभागीहरूलाई आफ्ना विद्यालयमा हरित विद्यालय अवधारणाको कार्यान्वयनसम्बन्धी
विद्यालय–आधारित कार्य (
School-based Project) सञ्चालन
गर्ने जिम्मेवारी दिइएको छ । तोकिएका कार्यहरू सफलतापूर्वक सम्पन्न गरी प्रतिवेदन
पेस गरेपछि सहभागीहरूलाई काठमाडौँ विश्वविद्यालयबाट शैक्षिक क्रेडिट (
Academic
Credit) प्रदान गरिने आयोजकले जनाएको छ ।

आयोजकका अनुसार यस
तालिमले विद्यालय नेतृत्व र शिक्षकहरूलाई हरित विद्यालयको अवधारणालाई विद्यालय
व्यवस्थापन
, शिक्षण–सिकाइ प्रक्रिया, सहपाठ्यक्रियाकलाप तथा समुदायसँगको सहकार्यमा प्रभावकारी रूपमा समावेश
गर्न आवश्यक ज्ञान
, सिप र व्यावहारिक अनुभव प्रदान गरेको छ ।
यसबाट नेपालका विद्यालयहरूलाई दिगो विकासका लक्ष्यअनुरूप वातावरणमैत्री र
जलवायुमैत्री शिक्षण संस्थाका रूपमा विकास गर्न थप टेवा पुग्ने अपेक्षा गरिएको तालिममा
सहभागी माछापुच्छ्रे माविका प्रधानाध्यापक सन्तोष आचार्यले जानकारी दिए ।

प्रकाशित मिति २०८३ साउन ४ गते सोमबार ०२:२४