एकल वाचनमा शिव त्रिपाठी

एकल वाचनमा शिव त्रिपाठी

Education News

@edunewsnp

२०८० असोज १९ गते शुक्रबार ११:५७

पोखरा । कवि शिव त्रिपाठीको एकल काव्य वाचन बिहिबार पोखरामा सम्पन्न भएको छ । लायन्स क्लब अफ पोखरा डेस्टिनेसनको आयोजनामा भएको त्रिपाठीको पहिलो एकल काव्य वाचन उनले दुई दर्जन कविता, गजल वाचन गरे । पोखराको हेमजामा जन्मेका त्रिपाठी पोखराका विभिन्न...

पोखरा
। कवि शिव त्रिपाठीको एकल काव्य वाचन बिहिबार पोखरामा सम्पन्न भएको छ ।

लायन्स
क्लब अफ पोखरा डेस्टिनेसनको आयोजनामा भएको त्रिपाठीको पहिलो एकल काव्य वाचन उनले दुई
दर्जन कविता
, गजल वाचन गरे । पोखराको हेमजामा जन्मेका त्रिपाठी पोखराका
विभिन्न शैक्षिक संस्थाहरूमा अङ्ग्रेजी विषय प्राध्यापन गर्छन् । लयबद्ध प्रस्तुतिका
लागि ख्याति कमाएका त्रिपाठीले सो अवसरमा पनि अधिकांश रचना लयबद्ध रूपमै प्रस्तुत
गरेका थिए । कार्यक्रममा साहित्यकार प्राञ्जल
, लक्ष्मण तिमल्सिना र तारा पराजुली त्रिपाठीका
रचना वाचन गरेका थिए ।

कार्यक्रममा
नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पूर्वकुलपति सरुभक्त
, प्रतिष्ठानका संस्थापक सदस्य
सचिव तीर्थ श्रेष्ठ
, बर्दघाट प्रज्ञा प्रतिष्ठानका कुलपति डा .घनश्याम परीश्रमी, छन्द बचाऔं अभियानका
अभियन्ता माधव वियोगीलगायतको उपस्थितिले हिमालयन रिडर्स कर्नरको सभाहल खचाखच भएको
थियो ।

क्लबका
साहित्य संयोजक माधव खतिवडाको संयोजकत्वमा सम्पन्न कार्यक्रम क्लबका अध्यक्ष  सन्तोष शर्मा तिमिल्सिनाको अध्यक्षता र सचिव
छवि पनेरुको सञ्चालनमा भएको थियो । कार्यक्रममा लायन्स इन्टरनेसनल डिस्ट्रिक्ट ३२५
एमका चिफ एडमिनिस्ट्रेटर किशोर बरालले  गरेका
थिए ।

प्रकाशित मिति २०८० असोज १९ गते शुक्रबार ११:५७