विनोदमोहनको कृति ‘स्मृतिका विम्बहरू’ बजारमा

विनोदमोहनको कृति ‘स्मृतिका विम्बहरू’ बजारमा

Education News

@edunewsnp

२०८२ पुस १३ गते आईतबार ११:५४

 माछापुच्छ्रे, कास्की । साहित्यकार विनोदमोहन आचार्यद्वारा लिखित कृति ‘स्मृतिका विम्बहरू’ बजारमा आएको छ । माछापुच्छ्रे गाउँपालिका-२ स्थित माछापुच्छ्रे माध्यमिक विद्यालय आयोजित कार्यक्रममा संस्कृतिविद् डा. जगमान गुरुङ, नेपाल...

 

माछापुच्छ्रे, कास्की । साहित्यकार विनोदमोहन
आचार्यद्वारा लिखित कृति ‘स्मृतिका विम्बहरू’ बजारमा आएको छ ।

माछापुच्छ्रे
गाउँपालिका-२ स्थित माछापुच्छ्रे माध्यमिक विद्यालय आयोजित कार्यक्रममा संस्कृतिविद्
डा. जगमान गुरुङ, नेपाल सरकारका पूर्वसचिव डा. बाबुराम आचार्य र माछापुच्छ्रे
गाउँपालिकाका अध्यक्ष मीनबहादुर गुरुङले सुंयुक्त रूपमा कृतिको लोकार्पण गरे ।

कार्यक्रममा गाउँपालिका
अध्यक्ष मीनबहादुर गुरुङ र मदन थापाले शुभकामना दिएका कार्यक्रममा प्रभा आचार्यले स्वागत
गरेकी थिइन् । विमोचित कृति “स्मृतिका विम्बहरू” लेखक आचार्यको दीर्घ न्याय सेवा
, सामाजिक अनुभूति तथा साहित्यिक संवेदनाबाट जन्मिएको स्मृतमा आधारित कृति
हो । कृतिमा अग्रजहरूप्रतिको श्रद्धा
, पितृभक्ति, गाउँको इतिहास, सांस्कृतिक परिचय तथा सामाजिक
मूल्यहरूको अभिलेखन गरिएको छ ।

उच्च अदालतका पूर्व
न्यायाधीशसमेत रहेका आचार्यले करिब ३९ वर्ष न्याय सेवामा योगदान पुर्‍याएका छन् ।
सामाजिक सेवामा निरन्तर सक्रिय उनले शैक्षिक क्षेत्रमा समेत उल्लेखनीय योगदान पुर्‍याएका
उनले माछापुच्छ्रे माध्यमिक विद्यालयमा अक्षयकोष स्थापनाका लागि पारिवारिक रूपमा
जग्गादान गरेका थिए ।

कार्यक्रममा वक्ताहरूले
कृतिले भावी पुस्तालाई आफ्ना पुर्खा
, थातथलो र
सांस्कृतिक पहिचानप्रति सजग बनाउने विश्वास व्यक्त गर्दै लेखकको साहित्यिक
योगदानको उच्च प्रशंसा गरेका थिए ।

 

प्रकाशित मिति २०८२ पुस १३ गते आईतबार ११:५४