समता काव्य सन्ध्याको ३७८औं शृँखला सम्पन्न

समता काव्य सन्ध्याको ३७८औं शृँखला सम्पन्न

Education News

@edunewsnp

२०८१ फाल्गुण ३ गते शनिवार ०४:४६

पोखरा, फागुन ३ गते । पोखरेली युवा सांस्कृतिक परिवारद्वारा नियमित रुपमा संचालन हुँदै आइरहेको काव्य वाचन कार्यक्रम ‘समता काव्य सन्ध्या’को ३७८औं शृङ्खला सम्पन्न भयो । कार्यक्रममा नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पूर्वकुलपति...


पोखरा, फागुन ३ गते । पोखरेली युवा सांस्कृतिक परिवारद्वारा नियमित रुपमा संचालन हुँदै आइरहेको काव्य वाचन कार्यक्रम ‘समता काव्य सन्ध्या’को ३७८औं शृङ्खला सम्पन्न भयो । 

कार्यक्रममा नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पूर्वकुलपति विख्यात साहित्यकार सरुभक्तले ‘पोखरेली युवा सांस्कृतिक परिवारले विगत तीस वर्षदेखि निरन्तर चलिरहेको समता काव्य सन्ध्या कार्यक्रमले धेरै साहित्यकार जन्माएको बताए । भने, ‘पोखरा स्वयम् जैविक, सांस्कृतिक र प्राकृतिक विविधता भएको भूभाग भएको सुन्दरतम् स्थल हो र कविहरुले यी विविधताहरुलाई कसरी संरक्षण गर्न सकिन्छ भनेर पनि चिन्तन गरी आफ्नो लेखन अगाडि बढ्नुपर्छ ।’ उनले अहिले विश्वभर पर्या कविता लेखन सुरु भएको छ र नेपालीमा लेखिएको छ । यस दिशामा अझै गम्भीरतापूर्वक अघि बढ्नुपर्ने शुभकामना दिए । 

कार्यक्रममा परिवारका सल्लाहकार डा. ईश्वरमणि अधिकारी, छवि सुवेदी, लक्ष्मी थापा, कौशलचन्द्र जिसी, ढाकामोहन बराल, गीता तिवारी, पुछारघरे, हेमन्त हितैषी, एकदत्त लम्साल, भरतराज कोइराला, दीपक अधिकारी, सुबिका घिमिरे लगायतले काव्य वाचन गरेका थिए । संस्थाका उपाध्यक्ष लक्ष्मण थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विभागीय प्रमुख केशू शर्माले स्वागत गरेकी थिइन् भनें संस्थाका सदस्य शिव त्रिपाठीले कार्यक्रम सञ्चालन गरेका थिए ।


प्रकाशित मिति २०८१ फाल्गुण ३ गते शनिवार ०४:४६