प्रगतिटोल नमुना आमा समूहमा शर्मीला

प्रगतिटोल नमुना आमा समूहमा शर्मीला

Education News

@edunewsnp

२०८१ असोज १ गते मङ्गलबार ०७:०७

 पोखरा । प्रगतिटोल नमूना आमासमूह प्रगतिटोल चाउथे पोखराको चौथो अधिवेशन तथा  एघारौँ  साधारणसभाले शर्मीला श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको  छ । अधिवेशनले  प्रथम उपाध्यक्ष सावित्रा अधिकारी, द्वितीय उपाध्यक्ष ...


 

पोखरा । प्रगतिटोल
नमूना आमासमूह प्रगतिटोल चाउथे पोखराको चौथो अधिवेशन तथा
  एघारौँ 
साधारणसभाले शर्मीला श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको  छ ।

अधिवेशनले  प्रथम उपाध्यक्ष सावित्रा अधिकारी, द्वितीय उपाध्यक्ष  द्रौपदी  पौडेल, सचिव तुलसा पुन,
कोषाध्यक्ष कान्ता कोइराला पोखरेल, सहसचिव
सीता खड्का
, सहकोषाध्यक्ष 
निरू ढकाल
, सदस्यहरू समुद्र थापा, माया गुरुङ, लक्ष्मी हमाल खाँड, सानू अधिकारी, दयाकुमारी आले, विष्णु
खत्री
, ललिता खड्का, शान्तिदेवी थापा,
भोला राना, खिमा  के सी, यामकुमारी गुरुङ,
गीता रायमाझी, माया गिरी, पार्वती श्रेष्ठ, चन्द्र शेरचन, दीपा खड्का, रञ्जु साहलाई चयन गरेको छ । त्यसै गरी
कार्यसमितिले सम्झना भुजेल
, गीता अधिकारी र उमा गुरुङलाई
सल्लाहकारमा मनोनित गरेको छ ।

कार्यक्रममा  प्रमुख अतिथि पोखरा महानगर पालिका वडा नं. १४ का वडा अध्यक्ष बोधराज कार्कीले शुभकामना मन्तव्य दिँदै वडाले समूहलाई गर्नुपर्ने साथ र सहयोग गर्न हमेसा तत्पर रहेको बताउनुभयो । त्यसै गरी विशेष अथिति पोखरा महानगरपालिका १४ का वडा सदस्य कृष्णहरि काफ्ले, अतिथिहरूमा प्रगतिटोल विकास समितिका अध्यक्ष मीनाबहादुर गुरुङ, टोल विकास समितिका सचिव गोविन्द सापकोटा र समूहका निवर्तमान अध्यक्ष सम्झना भुजेलले पनि शुभकामना दिनुभएको थियो ।  



 

 

प्रकाशित मिति २०८१ असोज १ गते मङ्गलबार ०७:०७