अक्षरयात्राको २०६औँ शृङ्खला सम्पन्न

अक्षरयात्राको २०६औँ शृङ्खला सम्पन्न

Education News

@edunewsnp

२०८० पुस २१ गते शनिवार ०३:३९

 पोखरा । पोखराबाट सञ्चालित साहित्यिक अभियान अक्षरयात्राको २०६ औँ शृङ्खला शनिवार सम्पन्न भएको छ । पर्यटन साहित्यको अवधारणा लिई “जीवन र जगत्‌को यथार्थबोधका लागि अक्षरयात्रा” भन्ने मूल मन्त्रसहित २०६२ साल असारदेखि गजल सन्ध्या...

 

पोखरा । पोखराबाट
सञ्चालित साहित्यिक अभियान अक्षरयात्राको २०६ औँ शृङ्खला शनिवार सम्पन्न भएको छ ।

पर्यटन
साहित्यको अवधारणा लिई “जीवन र जगत्‌को यथार्थबोधका लागि अक्षरयात्रा” भन्ने मूल मन्त्रसहित
२०६२ साल असारदेखि गजल सन्ध्या र नवनीत साहित्य सागरद्वारा सञ्चालित कार्यक्रमको
सो शृङ्खला पोखरा-५
, मालेपाटनमा अवस्थित मनकामना मन्दिरको परिसरमा सम्पन्न भएको
हो ।

कार्यक्रममा
मन्दिर व्यवस्थापन समितिका अध्यक्ष पुष्पराज बरालले ‘धार्मिक सांस्कृतिक संस्थाहरू
र साहित्यकारहरूले गर्ने कामको अन्तर्वस्तु भनेको देशको भाषा
, संस्कृति र साहित्यको
संरक्षण एवम् विकास भएकोमा जोड दिए । विभिन्न ठाउँमा गई कार्यक्रम गर्नु प्रशंसनीय
काम भएको र दुई दशकदेखि निरन्तर कार्यक्रम गर्नु आफैँमा चुनौती भएको” भन्दै उनले
अक्षरयात्राको प्रशंसा गरे । यात्राका परिकल्पनाकारमध्येका एक लक्ष्मण थापाले विभिन्न
ठाउँमा गई तत्स्थानमा सिर्जना गरिएका रचनाहरू वाचन गर्ने यस कार्यक्रमले सर्जकहरूलाई
पनि नयाँ विषयवस्तु प्राप्त हुने र ती ठाउँहरूको पनि प्रचार हुने भएकाले यस
यात्राले पर्यटकीय प्रवर्धनमा पनि मदत पुग्ने बताए ।

कार्यक्रममा
नेपाली लेखक सङ्घ
, गण्डकीका अध्यक्ष डा. ईश्वरमणि अधिकारी, नेपाली लेखक सङ्घ, कास्कीकी अध्यक्ष रीता
अधिकारी ‘ऋतु’
, श्रीराम अधिकारी गोर्जे, ढाकामोहन बराल,
लक्ष्मी देवकोटा, शोभाकान्त गौडेल, त्रिलोचन सापकोटा, चित्रप्रसाद बराल, रामप्रसाद पौडेल, मेघनाथ कुँवरलगायतले
रचना वाचन गरेका थिए ।

गजल
सन्ध्याका सदस्य माधव खतिवडा र मन्दिर व्यवस्थापन समितिका अध्यक्ष पुष्पराज बरालको
संयुक्त अध्यक्षतामा भएको सञ्चालन गजल सन्ध्याका सचिव त्रुपकले गरेका थिए ।

प्रकाशित मिति २०८० पुस २१ गते शनिवार ०३:३९