पोखरा, चैत ३० गते । नेपाल
गणित समाजको आयोजनामा नेपाल गणित समाज गण्डकी प्रदेशको स्थानीय व्यवस्थापनमा गत
चैत्र १४ देखि अनलाइन मोडमा चलेको S2S परियोजनाअन्तर्गतको
कक्षा ९-१२ का गणितको पाठ्यक्रम, पाठ्यवस्तु तथा सोको
अध्ययन-अध्यापनमा देखिएका समस्याहरू सहजीकरण हेतु आयोजित ट्रेनिङ तथा कार्यशाला
गोष्ठी चैत्र २८ देखि ३० सम्म थप ३ दिन सहजकर्ता तथा सहभागीहरूको प्रत्यक्ष
उपस्थितिमा सञ्चालन भई आज सम्पन्न भएको छ ।
नारायणप्रसाद पहारीको अध्यक्षता, समाजकै गण्डकी प्रदेश
कमिटिका अध्यक्ष डा त्रिभुवन शर्मा वरालको सहअध्यक्षता र उक्त कमिटीकै सचिव विश्वराज
अधिकारीको सञ्चालनमा रहेको थियो | उक्त सत्रमा परियोजनाका कार्यक्रम संयोजक तथा केन्द्रीय सचिव
डा परमेश्वरी कट्टेलले परियोजनाको औचित्य तथा उद्देश्यका बारेमा जानकारी गराउनु
भयो भने समाजका केन्द्रीय सहसचिव तथा कार्यशाला गोष्ठीका संयोजक डा ईश्वरमणि
अधिकारीले S2S परियोजनाको समग्र कार्यशाला तथा सहजकर्ताहरूको
भूमिकाका बारेमा प्रस्ट्याउंदै आगामी दिनमा प्रदेश, जिल्ला तथा पालिकास्तरसम्म
यस्ता कार्यक्रमहरू लैजाने लक्ष्य रहेको जानकारी दिनुभयो |
प्रकाशमुनि बज्राचार्य तथा सहभागीहरू दल थापा, धनु पुन,
शान्तबहादुर नेपाली तथा प्रेमनारायण पोखरलले कार्यशालाका बारेमा आआफ्ना टिप्पणी सुनाउदै
यसको निरन्तरताको कामना तथा गुणबेत्ताको प्रशंशा गर्नुभयो | कार्यक्रमका सहअध्यक्ष
डा शर्माले सहयोगी हातहरूलाई धन्यवाद ज्ञापन गर्दै आउँदो वर्ष यसलाई आवश्यक
परिमार्जनसहित आयोजना गरिने जानकारी दिनु भयो भने सभाध्यक्ष प्राडा पहारीले गण्डकी
प्रदेश कमिटिको व्यवस्थापन र सत्रहरूको संचालन उत्कृष्ट रहेकोमा खुसी व्यक्त गर्नु
हुँदै सिकेका कुरा कक्षा कोठासम्म पुग्ने अपेक्षा राख्नु भयो ।
संचालित यस कार्यशालाकै लागि त्रिवि केन्द्रीय विभाग तथा मुलुकका अन्य शिक्षालयहरू
र पोखरा वरपरका शिक्षालयका गरी झन्डै ३० जना सहजकर्ता, ६२ घण्टा बराबरका ४६ वटा वर्कसप र ७० को हाराहारीमा सहभागी रहेका छन् |








