विद्यालय व्यवस्थापन समिति तत्काल विघटन नगर्न सर्वोच्चको आदेश

विद्यालय व्यवस्थापन समिति तत्काल विघटन नगर्न सर्वोच्चको आदेश

Education News

@edunewsnp

भदौ १४, २०८०

काठमाडौँ । सर्वोच्च अदालतले काठमाडौं महानगरपालिका क्षेत्रका सामुदायिक विद्यालय व्यवस्थापन समितिहरू तत्काल विघटन नगर्न आदेश दिएको छ ।महानगरपालिकाले विद्यालय व्यवस्थापन समितिहरू विघटन गर्ने र सम्बन्धित वडाको अध्यक्ष वा अध्यक्षले तोकेको...

काठमाडौँ । सर्वोच्च
अदालतले काठमाडौं महानगरपालिका क्षेत्रका सामुदायिक विद्यालय व्यवस्थापन समितिहरू
तत्काल विघटन नगर्न आदेश दिएको छ ।
महानगरपालिकाले
विद्यालय व्यवस्थापन समितिहरू विघटन गर्ने र सम्बन्धित वडाको अध्यक्ष वा अध्यक्षले
तोकेको व्यक्ति विद्यालय व्यवस्थापन समितिको अध्यक्ष हुने गरी स्थानीय शिक्षा ऐन
संशोधन गरेकोमा त्यस्तो व्यवस्था तत्काल लागू नगर्न आदेश दिएको हो ।
विद्यालय
व्यवस्थापन समितिका अध्यक्ष हटाउने महानगरपालिकाको निर्णयविरुद्ध १८ वटा विद्यालय
व्यवस्थापन समितिका अध्यक्षहरूले सर्वोच्च अदालतमा रिट हालेका थिए ।
सर्वोच्चमा
बुधबार बसेको प्रधानन्यायाधीश विश्वम्भर श्रेष्ठ
,
न्यायधीशहरू ईश्वर खतिवडा, आनन्दमोहन भट्टराई, प्रकाशमानसिंह राउत र
सपना प्रधान मल्लको संवैधानिक इजलासले महानगरपालिकाको उक्त निर्णयउपर कारण देखाउ
आदेश जारी गरेको हो ।
सर्वोच्चले
महानगरपालिकाको सो निर्णयहरू तत्काल कार्यान्वयन नगर्नू
, नगराउनू भन्ने आदेशसहित
के कति कारणले त्यस्तो कानूनी प्रबन्ध गरिएको हो भनेर कारण देखाउ आदेश जारी गरेको
अधिवक्ता कमल कोइरालाले बताए ।
महानगरपालिकाको
३० साउनमा बसेको नगरसभाले हाल ती विद्यालयमा रहेका व्यवस्थापन समितिहरू विघटन
गर्ने र सम्बन्धित वडाको अध्यक्ष वा अध्यक्षले तोकेको व्यक्ति विद्यालय व्यवस्थापन
समितिको अध्यक्ष हुने व्यवस्था गर्ने निर्णय गरेको थियो ।
Source : edupatra.com


 

प्रकाशित मिति भदौ १४, २०८०