कालिकामा तिजगीत प्रतियोगिता

कालिकामा तिजगीत प्रतियोगिता

Education News

@edunewsnp

२०८२ भदौ ९ गते सोमबार १०:०४

 पोखरा, भदौ ९ गते । पोखरा महानगरपालिका, वडा नम्बर ३३, आँपुभन्ज्याङस्थित कालिका माविमा आइतवार तिजगीत प्रतियोगिता सम्पन्न भएको छ । हरितालिका तिजका अवसरमा वार्षिक क्यालेन्डरअनुसार आयोजित प्रतियोगितामा माध्यमिक तहतर्फ सफला सुनार,...

 

पोखरा,
भदौ ९ गते ।
पोखरा महानगरपालिका, वडा नम्बर ३३, आँपुभन्ज्याङस्थित कालिका माविमा आइतवार
तिजगीत प्रतियोगिता सम्पन्न भएको छ ।

हरितालिका
तिजका अवसरमा वार्षिक क्यालेन्डरअनुसार आयोजित प्रतियोगितामा माध्यमिक तहतर्फ
सफला सुनार, कृतिका
केसी, मन्जिता गुरुङ, सुनीता खत्री र दिव्या सुनारको समूह पहिलो भएको छ । त्यसै
गरी शिवानी गुरुङ, समीक्षा खत्री, दीक्षा गुरुङ, सङ्गम थापा र करिस्मा केसीको समूह
द्वितीय, सन्ध्या परियार, निशा थापा, सम्झना नेपाली, दिया गुरुङ र वर्षा सुनारको
समूह तृतीय तथा सुवास्ना श्रेष्ठ, सुवर्ण श्रेष्ठ, आयुषा सुनार, मौसमी राजबाहक र
स्वेच्छा परियारको समूह सान्त्वना स्थान प्राप्त गर्न सफल भए ।

त्यसै गरी आधारभूत तहतर्फ सामिया कुँवर, कुसुम नेपाली, विनिसा
पाण्डे, जेनी मगर र आइतीमाया तामाङको समूह प्रथम, आशिका गुरुङको समूह द्वितीय र
अलिमा ओलीको समूह तृतीय भएका थिए ।

विद्यालयकी सहायक प्रधानाध्यापक बालकुमारी थापा मगरको
अध्यक्षताम भएको प्रतियोगितामा शान्तादेवी घिमिरे, सृजना महत कार्की र सविता दिवाल
निर्णायक रहेका थिए । कार्यक्रमको सञ्चालन अतिरिक्त क्रियाकलाप विभाग प्रमुख
लक्ष्मी गिरीले गरेकी थिइन् ।

प्रकाशित मिति २०८२ भदौ ९ गते सोमबार १०:०४