कास्की आइडल एलिमिनेसन राउन्डमा

कास्की आइडल एलिमिनेसन राउन्डमा

Education News

@edunewsnp

२०८२ मङ्सिर २ गते सोमबार ०२:०४

  गायनतर्फ १४ र नृत्यतर्फ १२ प्रतिभा छनोटपोखरा, मङ्सिर १ गते । रूपा वाङ्‍मय प्रतिष्ठान र गीतकार प्रतिष्ठान नेपालको संयुक्त आयोजनामा जारी कास्की आइडलको पहिलो एलिमिनेसन राउन्ड सम्पन्न भएको छ । कार्यक्रम रूपा वाङ्‍मय प्रतिष्ठानका...

  गायनतर्फ १४ र नृत्यतर्फ १२ प्रतिभा छनोट



पोखरा,
मङ्सिर १ गते ।
रूपा वाङ्‍मय प्रतिष्ठान र गीतकार
प्रतिष्ठान नेपालको संयुक्त आयोजनामा जारी कास्की आइडलको पहिलो एलिमिनेसन राउन्ड सम्पन्न
भएको छ ।

कार्यक्रम रूपा वाङ्‍मय
प्रतिष्ठानका अध्यक्ष तथा कार्यक्रम संयोजक आदर्श पोखरेलको अध्यक्षतामा भएको कार्यक्रममा
लाफा ग्रुप लिमिटेडका म्यानेजिङ डिरेक्टर तथा समाजसेवी जङ्गबहादुर थापाले
कार्यक्रमले नवप्रतिभालाई प्रेरणा दिने भन्दै प्रशंसा गरे । सो अवसरमा वडा नं. २६
का सदस्य सुदिप ढुङ्गाना
, आजीवन संस्थापक सदस्य चन्द्रमणि
पौडेल तथा कराते प्रशिक्षक विनोद नेगी, इन्जिनियर अनिल ढुङ्गानालगायतले शुभकामना
दिएका थिए ।

कार्यक्रमका आजीवन
सदस्य झलक गुरुङले कास्की आइडलको उद्देश्य
, महत्त्व तथा
प्रतिभा उजागर गर्ने भूमिकामाथि प्रकाश पारे। स्वागत गीत सनम गुरुङले प्रस्तुत
गरेका थिए ।

सो अवसरमा गायनतर्फ १४
प्रतिभा छनोट अर्को चरणका लागि छनोट भएका छन् । छनोट भएर सुशान्त भण्डारी
, विशाल पाण्डे, दीप्सन दर्जी, विश्वास
साधक
, क्रिष्मा पौडेल, रोजिना घताने,
सबिना परियार, अनुष्का पाण्डे, सन्तोष वि.क., सुरज परियार, दीपक
सुनार
, दीक्षा गुरुङ, शिखा पुलामी र
श्याम सुनार आगामी चरणमा प्रवेश गर्न सफल भएका छन् ।

त्यसै गरी नृत्यतर्फ १२
अर्को चरणका लागि छनोट भएका छन् । कृपा वि.क.
, भीमकुमारी रोका,
लिदिया सुनार, अक्षता सापकोटा, आकृषा पोखरेल, लोजिना पटेल, प्रशंसा
सापकोटा
, प्रनिशा लामिछाने, शिखा पुन,
रिदम लिम्बु, क्रिस्टिना जिसी र एलिना राना
मगर अर्को चरणका लागि चयन भएका छन् ।

कार्यक्रम सफल बनाउन
सहयोग गर्ने सबैप्रति आयोजक प्रतिष्ठानका अध्यक्ष आदर्श पोखरेलले धन्यवाद व्यक्त
गर्दै चयन भएका प्रतिभालाई बधाई तथा आगामी चरणमा शुभकामना दिए ।

उनका अनुसार कास्की
आइडल २०८२ प्रतिभाहरूलाई पहिचान
, मञ्च र अवसर प्रदान गर्ने
यात्रामा निरन्तर अगाडि बढ्ने छ ।

प्रकाशित मिति २०८२ मङ्सिर २ गते सोमबार ०२:०४