नेपाल रेडक्रस सोसाइटी, पोखरा–२७ उपशाखाद्वारा वृक्षरोपण

नेपाल रेडक्रस सोसाइटी, पोखरा–२७ उपशाखाद्वारा वृक्षरोपण

Education News

@edunewsnp

२०८३ साउन १४ गते बिहिबार ०५:००

 पोखरा, साउन १४ गते । नेपाल रेडक्रस सोसाइटी पोखरा–२७ उपशाखाको आयोजनामा लक्ष्मीआदर्श माध्यमिक विद्यालय परिसरमा वृक्षरोपण कार्यक्रम बिहिवार सम्पन्न भएको छ । वातावरण संरक्षण तथा हरित अभियानलाई प्रवन गर्ने उद्देश्यका साथ आयोजित...

 

पोखरा, साउन १४ गते । नेपाल रेडक्रस सोसाइटी पोखरा–२७ उपशाखाको आयोजनामा लक्ष्मीआदर्श
माध्यमिक विद्यालय परिसरमा वृक्षरोपण कार्यक्रम बिहिवार सम्पन्न भएको छ ।

वातावरण
संरक्षण तथा हरित अभियानलाई प्रवन गर्ने उद्देश्यका साथ आयोजित कार्यक्रमको
सभापतित्व उपशाखाका सभापति बोधराज लामिछानेले गरेका थिए भने सञ्चालन उपशाखाका सचिव
प्रभा लामिछानेले गरेकी थिइन् । कार्यक्रमका प्रमुख अतिथि नेपाल रेडक्रस सोसाइटी
जिल्ला शाखा कास्कीका उपमन्त्री तथा जुनियर/युवा रेडक्रस समिति कास्कीका संयोजक
डिल्लीराम बरालले रेडक्रसले सञ्चालन गर्दै आएका वृक्षरोपण
, रक्तदान, तालिम तथा विभिन्न
प्रतियोगितात्मक र सामाजिक कार्यक्रमहरूले कास्की जिल्लामा मानवीय सेवा
, स्वयम्‌सेवा र सामाजिक
उत्तरदायित्वको भावना विकास गर्न महत्त्वपूर्ण योगदान पुर्
याएको उल्लेख गरे । बरालले
विद्यालयस्तरमा गठन भएका जुनियर तथा युवा रेडक्रस सर्कलमार्फत विद्यार्थीहरूमा
सेवा
, अनुशासन, सहकार्य, नेतृत्व विकास र
मानवताको भावना अभिवृद्धि भएको बताउँदै लक्ष्मी आदर्श माध्यमिक विद्यालय परिवारलाई
धन्यवाद व्यक्त गरे । उक्त कार्यक्रममा विद्यालयका प्रधानाध्यापक शिवमणि भण्डारी
, कार्यक्रम संयोजक इन्दिरा
लामिछाने
, शिक्षक अभिभावक सङ्घका अध्यक्ष उत्तमप्रकाश बराल, कोषाध्यक्ष विष्णुकुमारी
लामिछाने
, सल्लाहकार गोपालमणि लामिछाने, सिर्जना लामिछाने, महिला सदस्य सीता पौडेल
सापकोटाले वृक्षरोपण कार्यक्रम बिरुवा रोप्नका लागि मात्र नभई विद्यालय र समुदायमा
वातवरणप्रतिको
सचेतना फैलाउने अभियानसमेत
रहेको कुरामा जोड दिए  । उक्त कार्यक्रममा विद्यालयका शिक्षक/कर्मचारी
तथा जुनियर युवा रेडक्रस स्वयम् सेवकको समेत सहभागिता रहेको आयोजकले जनाएको छ ।

कार्यक्रमले
विद्यालय र रेडक्रसबिचको सहकार्य तथा समझदारीलाई अझ सुदृढ बनाउनुका साथै वातावरण
संरक्षण
, हरियाली प्रवर्धन र स्वच्छ पर्यावरण निर्माणप्रति विद्यार्थी
तथा समुदायमा सकारात्मक सन्देश प्रवाह गरेको विश्वास गरिएको छ । यस्ता रचनात्मक
कार्यक्रमले भावी पुस्तामा प्रकृतिप्रतिको जिम्मेवारी
, स्वयम्‌सेवाको संस्कार
र मानवीय सेवाको भावना विकास गर्न उल्लेखनीय भूमिका खेल्ने अपेक्षा गरिएको छ ।

 

प्रकाशित मिति २०८३ साउन १४ गते बिहिबार ०५:००