वडा नं. १५ ले क्रिकेट खेलाडी रचनालाई रु ३४ हजार नगदसहित सम्मान गर्ने

वडा नं. १५ ले क्रिकेट खेलाडी रचनालाई रु ३४ हजार नगदसहित सम्मान गर्ने

Education News

@edunewsnp

२०८१ मङ्सिर ९ गते आईतबार १२:४८

जुना थापा पोखरा, ९ मङ्सिर । पोखरा महागरपालिका वडा नं. १५ ले क्रिकेट खेलाडी रचनालाई रु ३४ हजार नगदसहित सम्मान गर्ने भएको छ । पोखरामहानगर वडा नं. १५, फलेपाटनस्थित सिद्ध माविले क्रिकेट खेलाडी रचना चौधरीलाई बधाई तथा सम्मान गरेको...

जुना थापा 

पोखरा, ९ मङ्सिर । पोखरा महागरपालिका वडा नं. १५ ले क्रिकेट खेलाडी रचनालाई रु ३४ हजार नगदसहित सम्मान गर्ने भएको छ । 

पोखरामहानगर वडा नं. १५, फलेपाटनस्थित सिद्ध माविले क्रिकेट खेलाडी रचना चौधरीलाई बधाई तथा सम्मान गरेको गरेको कार्यक्रममा बोल्दै पोखरा महानगरपालिका वडा नम्बर १५ का वडाध्यक्ष तोरण बानियाँले वडाको एक मात्र सामुदायिक विद्यालय सिद्ध माविले खेलकुदका राष्ट्रिय तथा अन्तरार्ष्ट्रिय खेलाडी उत्पादन गरिरहेको बताउँदै रचनालाई वडाले आगामी पुसमा हुने वडा खेलकुद महोत्सवमा रु ३४ हजार नगद तथा सम्मानपत्रले सम्मान गर्ने बताए ।

नेपाली यू-१९ महिला क्रिकेट टिमबाट गण्डकी प्रदेशबाट छनोट भई पहिलो पटक आईसीसी यू-१९ महिला टी२० विश्वकपमा छनोट भएकामा चौधरीलाई बधाई तथा सम्मान गरेको विद्यालयका प्रधानाध्यापक गुरुदत्त कोइरालाले बताए । कक्षा ११ मा अध्ययनरत चौधरीले छोटो समयमै क्रिकेट खेलमा प्रगति गरेको र परिवार, समाज, विद्यालयर गण्डकी प्रदेशकै इज्जत राखेको प्रअ कोइरालाले बताए। 

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गणेशबहादुर आलेले रचनाको प्रगति लोभलाग्दो भएको बताउँदै अन्य भाइबहिनीहरुका लागि रचना प्रेरणाको स्रोत भएको बताए । 

पोखरा महानगर वडा नं. १५ गलेश्वर चोक निवासी १७ वर्षीया रचना चौधरीले क्रिकेट खेल्नका लागि विद्यालय र वडा कार्यालयले सहज वातावरण निर्माण गरेको र खेलकुदका आवश्यक सामग्री प्रदान गरी आफ्नो क्रिकेट खेलमा टेवा पुर्याएकामा धन्यवाद व्यक्त गरिन् ।
प्रकाशित मिति २०८१ मङ्सिर ९ गते आईतबार १२:४८