विश्व साइकल दिवसमा फिस्टेलको साइकल यात्रा

विश्व साइकल दिवसमा फिस्टेलको साइकल यात्रा

Education News

@edunewsnp

जेष्ठ २०, २०८३

प्रेमनारायण ढकाल पोखरा, जेठ २० गते । पोखरा १७, तल्लो बिरौटामा रहेको फिस्टेल एकेडेमी आई.बी. वर्ल्ड स्कुलले विश्व साइकल दिवस २०२६ को अवसर पारेर विद्यालय हातादेखि पर्यटकीय क्षेत्र पामेसम्म साइकल यात्रा गरेको छ । बुधवार सम्पन्न कार्यक्रममा...



प्रेमनारायण ढकाल

पोखरा, जेठ २० गते । पोखरा १७, तल्लो बिरौटामा रहेको फिस्टेल एकेडेमी आई.बी. वर्ल्ड
स्कुलले विश्व साइकल दिवस २०२६ को अवसर पारेर विद्यालय हातादेखि पर्यटकीय क्षेत्र
पामेसम्म साइकल यात्रा गरेको छ ।

बुधवार सम्पन्न कार्यक्रममा विद्यालयको कक्षा ६ देखि १० सम्म अध्ययनरत
विद्यार्थीहरुले करिब १० किलोमिटरको साइकल यात्रा सम्पन्न गरे । प्रदूषणरहित
सावारी साधनको प्रयोग गर्दै शारीरिक तन्दुरुस्ती कायम गर्न तथा वातावरणीय
प्रदूषणको न्यूनीकरण गर्न जनचेतना फैलाउने उद्देश्यले सो कार्यक्रमको आयोजना
गरिएको कुरा विद्यालयका प्रधानाध्यापक अभिषेक राईले जानकारी दिए । विश्व वातावरण
दिवसको पूर्वसन्ध्यामा गरिएको सो कार्यक्रममा विद्यार्थीहरुले पामे क्षेत्रको
फोहरमैला सङ्कलन गरी सरसफाइको काम पनि गरेका थिए ।

यसैगरी कक्षा ६ देखि ८ सम्मका विद्यार्थीहरुले पोखरा २१ दम्सादी क्षेत्रको
प्राकृतिक सुन्दरताको अवलोकन गर्दै हाइकिङसमेत सम्पन्न गरे । सो अवसरमा उनीहरुले
जैविक विविधता
, प्रकृति संरक्षण तथा वातावरणीय स्वच्छताका बारेमा
विविध जानकारी प्राप्त गरे ।

 

प्रकाशित मिति जेष्ठ २०, २०८३