मोहोरिया मेलामा भलिबल प्रतियोगिता

मोहोरिया मेलामा भलिबल प्रतियोगिता

Education News

@edunewsnp

२०८३ बैशाख २३ गते बुधबार ०६:४९

 पोखरा, वैशाख २३ गते । सिद्धार्थ स्मृति क्लबद्वारा बुद्ध जयन्तीको अवसरमा आयोजित मोहोरिया मेला तथा साविक वडास्तरीय भलिबल प्रतियोगिता सम्पन्न भएको छ । क्लबका अध्यक्ष पूर्णबहादुर गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख...

 

पोखरा, वैशाख २३ गते । सिद्धार्थ स्मृति
क्लबद्वारा बुद्ध जयन्तीको अवसरमा आयोजित मोहोरिया मेला तथा साविक वडास्तरीय भलिबल
प्रतियोगिता सम्पन्न भएको छ ।

क्लबका अध्यक्ष
पूर्णबहादुर गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि ब्रिज इन्टरनेसनलका
सिइओ भुवन गिरी रहेका थिए । प्रतियोगितामा ध्रुव तारा युएई, रूपा–६ प्रथम हुँदै ४०
हजार रुपियाँसहित मेडल र प्रमाणपत्र प्राप्त गर्‍यो भने हुक्का मुस्लिम समाज भीमाद
–२, तनहुँ दोस्रो भई २५ हजार र भुजिकोट, तनहुँ तेस्रो भई १० हजार रुपियाँसहित
पुरस्कृत भए । उत्कृष्ट खेलाडीको उपाधि मन्जुर मिया (रूपा–६) लाई प्रदान गरिएको
थियो ।

कार्यक्रम संयोजक सुरेश
गुरुङ
,
सचिव मोहन राना तथा पूर्व अध्यक्ष झलक गुरुङको सक्रियतामा कार्यक्रम
सफलतापूर्वक सम्पन्न भएको थियो ।

अध्यक्ष पूर्णबहादुर
गुरुङले यस्ता कार्यक्रमले युवाहरूमा खेलकुदप्रति रुचि बढाउने र समाजमा एकता तथा
सहकार्यको भावना विकास गर्ने उल्लेख विचार राखे । प्रमुख अतिथि भुवन गिरीले क्लबको
सफल आयोजनाको प्रशंसा गर्दै यस्ता कार्यक्रमले प्रतिभा उजागर गर्न महत्त्वपूर्ण
भूमिका खेल्ने बताए ।

संस्थाका पूर्वअध्यक्ष
झलक गुरुङले बर्सेनि मेलामा मौसमले साथ नदिने हुँदा इन्डोर भलिबल कोर्ट बनाउन सके
खेलतालिकाअनुसार कार्यक्रम सञ्चालन गर्न सकिने भन्दै मोहोरिया मेला सञ्चालन गर्न
देशविदेशबाट सहयोग गर्ने सबै सबैलाई धन्यवाद ज्ञापन गरे । खड्कबहादुर गुरुङले
विदेशमा रहे पनि संस्थालाई चलायमान बनाउन सहयोग गरेको भन्दै उनले धन्यवाद दिए ।

प्रकाशित मिति २०८३ बैशाख २३ गते बुधबार ०६:४९