गोर्खाकालिकाको भलिबलको उपाधि रूपाकोट मुस्लिम समाजलाई

गोर्खाकालिकाको भलिबलको उपाधि रूपाकोट मुस्लिम समाजलाई

Education News

@edunewsnp

२०८० माघ १७ गते बुधबार ०२:०६

 पोखरा । रूपा-४, ठकुरीबस्ती, कास्कीमा क्रियाशील गोर्खाकालिका क्लबले आफ्नो १९ औँ वार्षिकोत्सवका अवसरमा बुधवार सम्पन्न साविक वडास्तरीय पुरुष भलिबल प्रतियोगिताको उपाधि रूपाकोट मुस्लिम समाज, रूपा-६ ले जितेको छ । मुस्लिम समाजले...

 

पोखरा ।
रूपा-४, ठकुरीबस्ती, कास्कीमा क्रियाशील गोर्खाकालिका क्लबले आफ्नो १९ औँ
वार्षिकोत्सवका अवसरमा बुधवार सम्पन्न साविक वडास्तरीय पुरुष भलिबल प्रतियोगिताको
उपाधि रूपाकोट मुस्लिम समाज, रूपा-६ ले जितेको छ ।

मुस्लिम
समाजले ठकुरी समाज, तनहुँलाई २५-२०
, २५-१९ र २५ -२२ को सोझो सेटमा पराजित गर्दै ५०
हजार रुपियाँ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र हात पारेको छ । उपविजेता ठकुरी
समाजले ३० हजार नगद प्राप्त गरेको थियो ।

माघ
१४ देखि सञ्चालित प्रतियोगिताको उद्‍घाटन रूपा गाउँपालिका, वडा नम्बर २ का वडा
अध्यक्ष राजन सुवेदीले गरेका थिए । उद्‍घाटन समारोहका प्रमुख अतिथि रहेका सुवेदीले
एक मुठी सास रहुन्जेल जनताको साथमा रहने प्रतिबद्धता जनाए । वडा नम्बर ४ मा रहेको
खानेपानी, बाटो तथा खेलमैदानको समस्या समाधानका लागि स्थानीय, प्रदेश वा सङ्घ सरकारबाट
सहयोग जुटाउने प्रयासमा लाग्ने बताउँदै उनले मानिस कुराले नभई कामले नेता हुने
बताए । उनले कामलाई प्राथमिकतामा राख्ने मानिसलाई साथ दिनसमेत जनतासँग आग्रह गरे ।

क्लबका
अध्यक्ष होमबहादुर ठकुरीको अध्यक्षतामा भएको कार्यक्रममा वडा नम्बर ४ का वडा
अध्यक्ष मुकुन्द सेन वंशी, स्थानीय राजबहादुर शाहीलगायतले शुभकामना दिएका थिए ।
कार्यक्रमको सञ्चालन सचिव मदन मल्लले गरेका थिए ।

जम्मा
१७ टिमको सहभागिता रहेको प्रतियोगितामा ठकुरी समाजका आशिष मिया उत्कृष्ट स्पाइकर र
पराशर मल्ल ठकुरी उत्कृष्ट सेटर,  मुस्लिम
समाजका मन्जुर मिया उत्कृष्ट ब्लकर, भुपाल गुरुङ उत्कृष्ट लिब्रो
, बिजन गुरुङ उत्कृष्ट
सर्भर र मन्सुर मिया उत्कृष्ट खेलाडी घोषित भए ।

प्रतियोगिताको
सहआयोजकमा दर्शन आमा समूह
, शिखर सामुदायिक वन उपभोक्ता समूह, कालिनाग खानेपानी
उपभोक्ता समिति रहेका थिए भने उत्कृष्ट विधाहरूमा रोजिना ठकुरी
, कृसन ठकुरी, मिलन सेन, सुरेन श्रेष्ठ, आश्विन ठकुरी र सविन
श्रेष्ठले पुरस्कार प्रायोजन गरेका थिए ।

भूतपूर्व
खेलाडी, समाजसेवी तथा सहयोगीलाई सम्मान गरिएको सो अवसरमा सम्पन्न घैटो फोर
प्रतियोगितामा आशिक शाही र
छेलो हान्ने खेलमा मन्जुर रहमान मिया विजयी भएका
थिए ।

प्रकाशित मिति २०८० माघ १७ गते बुधबार ०२:०६