एम. एस. डी. ओ. अध्यक्षमा शङ्करमणि त्रिपाठी

एम. एस. डी. ओ. अध्यक्षमा शङ्करमणि त्रिपाठी

Education News

@edunewsnp

अशोज ११, २०८३

पोखरा, असोज ११ गते । एम. एस. डी. ओ. ले आफ्नो २४ औँ साधारणसभा तथा १४ औँ अधिवेशनले  शङ्करमणि त्रिपाठी (छन्दमणि) को अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । कार्यसमितिको उपाध्यक्ष शिव त्रिपाठी, सचिव मनोज त्रिपाठी, कोषाध्यक्ष ओमकुमारी...

पोखरा, असोज ११ गते । एम. एस. डी. ओ. ले आफ्नो २४ औँ साधारणसभा तथा १४ औँ अधिवेशनले  शङ्करमणि त्रिपाठी (छन्दमणि) को अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।

कार्यसमितिको उपाध्यक्ष शिव त्रिपाठी, सचिव मनोज त्रिपाठी, कोषाध्यक्ष ओमकुमारी आचार्य, सहसचिव कपिलराज दाहाल र सदस्यहरूमा विश्वराज पौडेल, नारायणी दाहाल, उषा थापा कुँवर, ध्रुव त्रिपाठी र सविना तिम्सिना चयन भएका छन् । एक सदस्य पछि थप गरिने नवनिर्वाचित अध्यक्ष शङ्करमणि त्रिपाठीले बताए ।

अधिवेशनमा प्रमुख अतिथिका रूपमा बोल्दै पोखरा महानगरपालिका वडा नं २५ का वडा सदस्य सुवास भण्डारीले एम. एस. डी. ओ. सामाजिक क्षेत्रमा विशेष इतिहास बोकेको संस्था भएकाले यसलाई सबैको सहयोग हुनुपर्ने बताए । उनले नवपुस्तालाई सामाजिक गतिविधिमा जोड्न र नेपालमा नै रहेर केही काम गरौँ भन्ने भावनाको विकास गराउन यस संस्थाले बिशेष जोड दिनुपर्ने धारणा राखे ।

कार्यक्रममा बोल्दै समाजसेवी तथा अधिवक्ता रामचन्द्र त्रिपाठीले एम. एस. डी. ओ. हेमजाको विकासको अवधारणा अगि सार्ने गर्विलो संस्था भएको बताउँदै युगअनुसार सबै अद्यावधिक हुनुपर्ने भनाइ राखे । कार्यक्रममा बोल्दै निवर्तमान वडाअध्यक्ष शोभाकर तिम्सिनाले आफ्नो विशिष्ट पहिचान बनाएको एम. एस. डी. ओ.ले फेरि आफूलाई सक्रिय बनाउनु आवश्यक भएको बताए । कार्यक्रममा संस्थाका संस्थापक अध्यक्ष कृष्णबहादुर कुँवर र संस्थापक सचिव दामोदर त्रिपाठीले संस्थालाई सक्रिय बनाएर लानुपर्ने र त्यसका लागि आफ्नो पूर्ण सहयोग र सहभागिता रहने बताए ।

कार्यक्रममा संस्थाका कोषाध्यक्ष ओमकुमारी आचार्यले राखेको कोषाध्यक्षको प्रतिवेदन र सचिव शङ्करमणि त्रिपाठीले  प्रस्तुता गरेको सचिवको प्रतिवेदन पारित गरिएका थिए । प्रतिवेदनमा संस्थाको विगत, वर्तमान र भविष्यका योजनाहरूसमेत समावेश गरिएका थिए ।

उक्त कार्यक्रममा निर्वाचन संयोजकमा भीमप्रसाद श्रेष्ठ , सदस्य माधवशरण पौडेल र श्रीराम त्रिपाठीले गरेका थिए । संस्थाका अध्यक्ष चिदानन्द त्रिपाठीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा स्वागत उपाध्यक्ष श्रीराम त्रिपाठी र सञ्चालन सचिव शङ्करमणि त्रिपाठी (छन्दमणि) ले गरेका थिए ।

प्रकाशित मिति अशोज ११, २०८३