म्याथमेटिकल ओलम्प्याडको नतिजा सार्वजनिक

म्याथमेटिकल ओलम्प्याडको नतिजा सार्वजनिक

Education News

@edunewsnp

२०८१ मङ्सिर २५ गते मङ्गलबार ०४:३३

 पोखरा । म्याथमेटिकल एसोसियसन अफ नेपाल  MAN गण्डकी प्रदेशले सञ्चालन गरेको कास्की जिल्लास्तरीय म्याथमेटिकल ओलम्प्याड DMO को नतिजा सार्वजनिक गरेको छ । उक्त प्रतिस्पर्धामा कास्की जिल्लाका विभिन्न सामुदायिक तथा संस्थागत विद्यालयका...

 

पोखरा । म्याथमेटिकल एसोसियसन
अफ नेपाल 
MAN
गण्डकी प्रदेशले सञ्चालन गरेको कास्की जिल्लास्तरीय म्याथमेटिकल ओलम्प्याड

DMO
को नतिजा सार्वजनिक गरेको छ ।

उक्त प्रतिस्पर्धामा कास्की
जिल्लाका विभिन्न सामुदायिक तथा संस्थागत विद्यालयका करिव २०० जना विद्यार्थीहरू
एकल प्रतिस्पर्धामा समावेश भएका थिए । उक्त
DMO
मा मदरल्याण्ड मा. वि
. का आशिष अधिकारी ३६ अङ्कसहित
सर्वोत्कृष्ट भएका छन भने गण्डकी बोर्डिङ स्कुलका अस्मित रेग्मी ३४ अङ्कसहित
दोस्रो र गण्डकी बोर्डिङ स्कुलकै प्रशुन अधिकारी ३३ अङ्कसहित तेस्रो भएका छन् । यस
प्रतिस्पर्धामा उत्तीर्ण करिब १६ विद्यालयका 
११७ जना विद्यार्थीहरूले आगामी महिना हुने प्रदेशस्तरीय प्रतिस्पर्धामा भाग
लिने छन् ।

अन्य विद्यार्थीहरूको
अङ्कसहितको नतिजा हेर्न यहाँ क्लिक गर्नुहोस् ।


प्रकाशित मिति २०८१ मङ्सिर २५ गते मङ्गलबार ०४:३३