पोखरा महानगरद्वारा कक्षा ८ को ग्रेडवृद्धि परीक्षा स्थगित

पोखरा महानगरद्वारा कक्षा ८ को ग्रेडवृद्धि परीक्षा स्थगित

Education News

@edunewsnp

बैशाख ९, २०८२

 पोखरा । पोखरा महानगरपालिकाले कक्षा ८ को ग्रेडवृद्धि परीक्षा स्थगन गरेको छ । महानगरको शिक्षा महाशाखाद्वारा मङ्गलवार जारी सूचनामा विशेष कारणवश अर्को सूचना नभएसम्मका लागि परीक्षा स्थगन गरिएको उल्लेख छ । शैक्षिक सत्र २०८१ को आधारभूत...

 

पोखरा
।
पोखरा महानगरपालिकाले कक्षा ८ को ग्रेडवृद्धि परीक्षा स्थगन
गरेको छ । महानगरको शिक्षा महाशाखाद्वारा मङ्गलवार जारी सूचनामा विशेष कारणवश अर्को
सूचना नभएसम्मका लागि परीक्षा स्थगन गरिएको उल्लेख छ ।

शैक्षिक सत्र २०८१ को
आधारभूत तह उत्तीर्ण परीक्षा (कक्षा ८) मा २ विषयमा
NG आएका
विद्यार्थीका लागि वैशाख १० गतेदेखि १७ गतेसम्म ग्रेडवृद्धि परीक्षा सञ्चालन गर्ने
गरी समयतालिका सार्वजनिक गरिएको थियो ।

प्रकाशित मिति बैशाख ९, २०८२