कुमुदिनीमा अन्तर विद्यालय स्तरीय हाजिरीजवाफ

कुमुदिनीमा अन्तर विद्यालय स्तरीय हाजिरीजवाफ

Education News

@edunewsnp

२०८१ माघ २५ गते शुक्रबार ०२:२४

सुरेन्द्र सदिच्छा पोखरा । पोखराको गैह्रापाटनमा अवस्थित कुमुदिनी होम्स माध्यमिक विद्यालयले शुक्रवार तेस्रो कुमुदिनीअन्तर विद्यालय स्तरीय हाजिरीजवाफ प्रतियोगिता  सम्पन्न गरेको छ । विद्यार्थीहरूमा रहेको बौद्धिक क्षमतामार्फत् विद्यार्थी...



सुरेन्द्र सदिच्छा

पोखरा ।
पोखराको गैह्रापाटनमा अवस्थित कुमुदिनी होम्स माध्यमिक विद्यालयले शुक्रवार तेस्रो
कुमुदिनीअन्तर विद्यालय स्तरीय हाजिरीजवाफ प्रतियोगिता  सम्पन्न गरेको छ ।

विद्यार्थीहरूमा रहेको बौद्धिक क्षमतामार्फत्
विद्यार्थी र विद्यालयबिचको असल सम्बन्ध कायम राख्ने उद्देश्यले हरेक वर्ष यस्तो
कार्यक्रमको आयोजना गरिँदै आएको कुरा 
विद्यालय संस्थापक अध्यक्ष अशोक पालिखेले बताउनुभयो ।

विद्यालयका सह-प्राचार्य मन बहादुर भुजेलको
अध्यक्षतामा सम्पन्न कार्यक्रममा 
मेट्रोपोलिटन एकेडेमीका अनुब्रत तिमिल्सिना
, कृतिका
तिमिल्सिना र सनिज बसौलाको समूह चौँथो स्थान हाँसिल गरी नगद रुपियाँ ३००० सहित
प्रमाणपत्र प्राप्त गर्न सफल भएको छ। बाल मन्दिर माध्यमिक विद्यालयका कुशल पौडेल
,
स्पर्श भण्डारी र सेरिन पौडेलको समूहले तृतीय
स्थान हाँसिल गरी नगद रुपियाँ ५००० सहित प्रमाणपत्र
, मेडल
र ट्रफी प्राप्त गरेको छ । त्यस्तै ग्लोबल कलेजियट माध्यमिक विद्यालयका प्रणव मोहन
भट्टाराई
, आर्या हमाल र
स्वदिप्ता खनालको समूहले द्वितीय स्थान हाँसिल गरी नगद रुपियाँ १०००० सहित
प्रमाणपत्र
, मेडल र ट्रफी प्राप्त
गरेको छ।त्यस्तै गरी न्यू मोडेल आवासिय माध्यमिक विद्यालयका अनिज पोख्रेल
,
सन्तोष आचार्य र सञ्जिता सिंहको समूह प्रथम भइ
नगद रुपियाँ १५००० प्रमाणपत्र
, मेडल
र ट्रफी प्राप्त गर्न सफल भएको छ ।

सामाजिक विषय विभागीय प्रमुख अभिशेक विश्वकर्मा
क्विजमास्टर हुनुभएको कार्यक्रममा शिक्षक भुवन गुरुङले अङ्कनको भूमिका निभाउनु
भएको थियो भने कम्प्युटर विषय विभागीय प्रमुख सन्तोष ढकालको प्राविधिक सहयोग
कार्यक्रम सम्पन्न भएको थियो ।

प्रकाशित मिति २०८१ माघ २५ गते शुक्रबार ०२:२४