काठमाडौँ । नयाँ शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रीमा रघुजी पन्त नियुक्त भएका छन् । नेकपा एमालेका नेता पन्त खरो स्वभावका नेता मानिन्छन् । सोमवार विद्या भट्टराईले राजिनामा दिएपछि रिक्त रहेको पदमा पन्तलाई शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रीमा...
काठमाडौँ । नयाँ शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रीमा रघुजी पन्त नियुक्त भएका छन् । नेकपा एमालेका नेता पन्त खरो स्वभावका नेता मानिन्छन् ।
सोमवार विद्या भट्टराईले राजिनामा दिएपछि रिक्त रहेको पदमा पन्तलाई शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रीमा नियुक्त गर्न प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गरेका थिए । पन्तले बिहिवार पद तथा गोपनीयताको सपथ लिने बताइएको छ ।
educationnewsnepal.com पोखराबाट सञ्चालित शैक्षिक समाचार तथा सामग्रीकेन्द्रित डिजिटल प्लेटफर्म हो, जसले शिक्षा, शैक्षिक नीति, शिक्षक, पाठ्यक्रम, प्रविधि तथा समसामयिक विषयमा सामग्री प्रकाशन गर्ने गर्दछ ।