शिक्षक सङ्गठनको प्रशिक्षण

शिक्षक सङ्गठनको प्रशिक्षण

Education News

@edunewsnp

२०८१ साउन ६ गते आईतबार ०४:३९

पोखरा ।  नेपाल राष्ट्रिय शिक्षक सङ्गठन जिल्ला समिति कास्कीले सङ्गठन परिचालन तथा व्यवस्थापन सम्बन्धी प्रशिक्षण कार्यशाला सम्पन्न गरेको छ । कास्कीका पाँच स्थानीय पालिका समितिका अध्यक्ष, सचिव र कोषाध्यक्षहरुका लागि एकदिने...


पोखरा ।  नेपाल राष्ट्रिय शिक्षक सङ्गठन जिल्ला समिति कास्कीले सङ्गठन परिचालन तथा व्यवस्थापन सम्बन्धी प्रशिक्षण कार्यशाला सम्पन्न गरेको छ । 

कास्कीका पाँच स्थानीय पालिका समितिका अध्यक्ष, सचिव र कोषाध्यक्षहरुका लागि एकदिने प्रशिक्षण तथा कार्यशाला सम्पन्न गरेको हो । 
कार्यक्रमका प्रमुख अतिथि राष्ट्रिय समितिका सचिव रामप्रसाद पोखरेलले पेसाहरुको जननी पेसा शिक्षण कार्यमा लाग्ने हामी शिक्षकहरु सधैंभरि हँसिलो, खुसी, विषयवस्तुमा दक्ष एवम् प्रविधियुक्त हुनुपर्ने बताए ।

 प्रशिक्षण कार्यक्रममा नराशिसं गण्डकी प्रदेश अध्यक्ष रोमहर्षण पौडेलले “नेतृत्व विकास तथा नेतृत्व सिप”, लेखा समिति सदस्य गोविन्द सुवेदीले “लेखा व्यवस्थापन”, जिल्ला अध्यक्ष तिर्थराज ढकालले “निर्णय लेखन तथा अभिलेखीकरण”, जिल्ला सचिव दामोदर तिमिल्सिनाले ” प्रतिवेदन लेखन तथा रिपोर्टिङ” र सहसचिव जुना थापाले ” कार्यक्रम सञ्चालन तथा उद्घोषण” सम्बन्धी विषयमा सहजीकरण गरेका थिए।


जिल्ला समिति अध्यक्ष तिर्थराज ढकालको अध्यक्षता एवम् सचिव दामोदर तिमिल्सिनाको सञ्चालनमा भएको कार्यक्रममा उपाध्यक्ष प्रदिप न्यौपानेले स्वागत गरे भने शिक्षक महासंघ कास्कीका अध्यक्ष बोधराज पौडेल, नेराशिसं गण्डकी प्रदेशका महासचिव ध्रुवराज सिग्देललगायतको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति २०८१ साउन ६ गते आईतबार ०४:३९