ग्लोबल मनी विकको दोस्रो दिनमा महिला लघुवित्त

ग्लोबल मनी विकको दोस्रो दिनमा महिला लघुवित्त

Education News

@edunewsnp

२०८१ चैत ४ गते मङ्गलबार ०३:३४

 काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले मार्च १७ देखि २३ तारिखसम्म ग्लोबल मनी विक मनाउने आह्वान गरेबमोजिमको महिला लघुवित्तले सप्ताहव्यापी कार्यक्रमअन्तर्गत रही मङ्गलवार दोस्रो दिनको कार्यक्रम जुम्ला जिल्लाका हिमा गाउँपालिका ४...

 

काठमाडौँ
नेपाल राष्ट्र बैङ्कले मार्च १७ देखि २३ तारिखसम्म ग्लोबल
मनी विक मनाउने आह्वान गरेबमोजिमको महिला लघुवित्तले सप्ताहव्यापी कार्यक्रमअन्तर्गत
रही मङ्गलवार दोस्रो दिनको कार्यक्रम जुम्ला जिल्लाका हिमा गाउँपालिका ४ मा रहेको
कालिका माविमा विद्यालयका शिक्षक
, गाउँपालिका प्रतिनिधि,
विद्यार्थी तथा स्थानीय युवाहरू १०४ जनाका सहभागितामा युवा तथा बालबालिकामा
वित्तीय सचेतना र विद्यालयलाई शैक्षिक सामग्री वितरण कार्यक्रम सम्पन्न गरेको छ ।

कार्यक्रममा कर्णाली प्रदेशका प्रदेश प्रमुख प्रकाशबहादुर
चन्द र हिमा शाखा कार्यालयका शाखा प्रमुख गोविन्द पौडेललगायतले वित्तीय सचेतनाको
महत्त्वबारे प्रकाश पारेका थिए ।

महिला लघुवित्त वित्तीय संस्थाका नेपालका ३८
जिल्लामा ७७ शाखा सञ्चालनमा रहेको केन्द्रीय कार्यालयकी सामान्य सेवा विभागकी
प्रमुख ममिला पौडेलले जानकारी दिइन् ।

सोही अवसरमा संस्थाका तर्फबाट कर्णाली प्रदेश
प्रमुख प्रकाशबहादुर चन्दले विद्यालयका सहायक प्रधानाध्यापक पर्वलाल जैसीलाई  स्टेशनरी तथा खेलकुद सामग्री हस्तान्तरण गरेका
थिए ।

प्रकाशित मिति २०८१ चैत ४ गते मङ्गलबार ०३:३४