कक्षा १२ को परीक्षा नरोकिने

कक्षा १२ को परीक्षा नरोकिने

Education News

@edunewsnp

२०८२ बैशाख ९ गते मङ्गलबार ०४:४३

 काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा निर्धारित समयमै सञ्चालन गर्ने भएको छ । मङ्गलवार बिहान बसेको बैठकले वैशाख ११ गतेदेखि हुने कक्षा १२ को परीक्षा नरोक्ने निर्णय गरेको हो । राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष...

 


काठमाडौँ । राष्ट्रिय
परीक्षा बोर्डले कक्षा १२ को परीक्षा निर्धारित समयमै सञ्चालन गर्ने भएको छ ।


मङ्गलवार बिहान बसेको
बैठकले वैशाख ११ गतेदेखि हुने कक्षा १२ को परीक्षा नरोक्ने निर्णय गरेको हो । राष्ट्रिय
परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माले परीक्षा नरोकिने र निर्धारित मितिमै हुने
जानकारी दिए । शिक्षक आन्दोलनका कारण परीक्षाको मिति हेरफेर हुने आँकलन गरिएको
थियो तर 
राष्ट्रिय
परीक्षा बोर्डले कक्षा १२ को परीक्षाका विषयमा सम्पूर्ण जिल्लाका परीक्षा समन्वय
समितिमार्फत परीक्षा केन्द्र भएका विद्यालयहरूलाई परीक्षा सञ्चालन गर्न अनुरोध
गर्ने निर्णय गरेको छ । 


परीक्षाको मिति
नजिकिँदै गर्दा शिक्षक आन्दोलनका कारण जारी शैक्षिक हड्तालले परीक्षाका लागि
अभिमुखीकरणलगायतका काम पनि अघि बढ्न सकेका छैनन् । नेपाल शिक्षक महासङ्घले शिक्षा
ऐन जारी नभएसम्म शिक्षकहरुलाई कुनै पनि हालतमा परीक्षामा सहभागी नहुन निर्देशन
दिएको छ ।


५ लाखभन्दा बढी
परीक्षार्थी रहेको कक्षा १२ को परीक्षा सञ्चालनका लागि २० हजार जनशक्ति आवश्यक
पर्छ । परीक्षाका लागि जापानको एभरेष्ट स्कुलसहित १ हजार ५ सय ९१ परीक्षा केन्द्र
रहेका परीक्षा बोर्डले जानकारी दिएको छ ।


सरकारले निजामती
कर्मचारी खटाएर भए पनि  कक्षा १२ को
परीक्षा सञ्चालन गर्ने निर्णय गरेको हो । बैठकबारे जानकारी दिँदै बोर्डका अध्यक्ष
महाश्रम शर्माले आन्दोलनमा रहेका शिक्षकलाई कक्षा १२ को परीक्षामा सहभागी हुन र
सञ्चालन गर्न पुनः अनुरोध गर्ने निर्णय गरेको जानकारी दिए।

 

प्रकाशित मिति २०८२ बैशाख ९ गते मङ्गलबार ०४:४३