भलिबल प्रतियोगिताबाट बचत रकम आर्वाविजयसहित ३ विद्यालयलाई

भलिबल प्रतियोगिताबाट बचत रकम आर्वाविजयसहित ३ विद्यालयलाई

Education News

@edunewsnp

२०८२ साउन २९ गते बुधबार १२:३०

 बाबुराम सुवेदी पोखरा, साउन २८ गते । पोखरा महानगरपालिका वडा नम्बर १३ का युवाहरूद्वारा आयोजित भलिबल प्रतियोगिताबाट बचत रकम ३ विद्यालयलाई सहयोग गरिएको छ । वडा नम्बर १३ का युवाहरूको समन्वयमा गत चैतमा सम्पन्न प्रथम अमलाचौर चापडाँडा...

 

बाबुराम सुवेदी 

पोखरा, साउन २८ गते । पोखरा महानगरपालिका वडा नम्बर
१३ का युवाहरूद्वारा आयोजित भलिबल प्रतियोगिताबाट बचत रकम ३ विद्यालयलाई सहयोग
गरिएको छ ।

वडा नम्बर १३ का
युवाहरूको समन्वयमा गत चैतमा सम्पन्न प्रथम अमलाचौर चापडाँडा भेन्ट्रान्स भलिबल
प्रतियोगिताबाट बचेको रकम  स्वास्थ्य र
शिक्षामा लगानी गर्ने निर्णयबमोजिम वडा नम्बर १३ का विद्यालयहरूलाई हस्तान्तरण
गरिएको कार्यक्रम संयोजक देवेन्द्र परियारले जानकारी दिए । उनका अनुसार आर्वाविजय
मावि
,
ढाँडबेँसीलाई १५ हजार, अमरज्योति आवि, अमलाचौरलाई २२ हजार ५०० र सिमला आवि, आर्वालाई १०
हजार रुपियाँ सहयोग गरिएको थियो ।

सङ्कलन भएको जम्मा रकम
२ लाख ७७ हजार ५९१ रुपियाँमध्ये खर्च कटाएर बचत रहेको ६१ हजार ३३६ रुपियाँबाट उक्त
सहयोग गरिएको आर्थिक संयोजक रामप्रसाद बरालले जानकारी दिए ।

बुधवार ३ ओटै
विद्यालयमा आयोजित कार्यक्रममा खेल संयोजक अमृत परियार
, श्री अधिकारी, आर्थिक संयोजक रामप्रसाद बराल,
लक्ष्मणप्रसाद बराल, उपसंयोजक सुरज अधिकारी,
शम्भु सिग्देललगायतको सहभागिता रहेको थियो ।

प्रकाशित मिति २०८२ साउन २९ गते बुधबार १२:३०