रूपामा मोहोरिया मेलाको तयारी तिव्र

रूपामा मोहोरिया मेलाको तयारी तिव्र

Education News

@edunewsnp

२०८२ बैशाख २६ गते शुक्रबार ०३:२५

 रूपा । कास्कीको रुपागाउँपालिका स्थित मोहोरियामा २५६९ औं बुद्ध जयन्तीको अवसरमा तीन दिने मोहोरिया मेला हुने भएको छ । सिद्धार्थ स्मृति क्लबको आयोजनामा वैशाख २७ देखि २९ गतेसम्म मेला हुन लागेको हो । “खेलकुदद्वारा स्वास्थ्यमा...

 

रूपा
कास्कीको रुपागाउँपालिका स्थित मोहोरियामा २५६९ औं बुद्ध
जयन्तीको अवसरमा तीन दिने मोहोरिया मेला हुने भएको छ । सिद्धार्थ स्मृति क्लबको
आयोजनामा वैशाख २७ देखि २९ गतेसम्म मेला हुन लागेको हो । 

“खेलकुदद्वारा
स्वास्थ्यमा सम्वद्र्धन
, मेलाद्वारा पर्यटनको
प्रवद्र्धन” भन्ने नाराका साथ आयोजित मेलाको मुख्य आकर्षक साविक वडा स्तरीय पुरुष
भलिबल प्रतियोगिता रहेको क्लबका पूर्वअध्यक्ष जीतबहादुर थापाले जानकारी दिनुभयो ।

भलिबलमा
विजेतालाई ४० हजार
, उपविजेतालाई २५ हजार नगदसहित
सिल्ड
, मेडल र प्रमाणपत्र वितरण गरिने छ । विधागत रुपमा पनि
उत्कृष्ट घोषणा गरी पुरस्कार वितरण गरिने छ । प्रतियोगितामा सहभागी हुन ३ हजार
दर्ता शुल्क तोकिएको थापाले बताउनुभयो । तीन दिनसम्म चल्ने मेलामा विविध
सांस्कृतिक कार्यक्रम
, स्थानीय उत्पादनको प्रदर्शनी, मोहोरिया होम स्टेको प्रवर्धन गरिने थापाको भनाइ छ ।

क्लबले
विगत २५ वर्षदेखि बुद्ध जयन्तीको अवसरमा विविध कार्यक्रम गर्दै आएको छ । क्लबले
आयोजना गरेको भलिबलमा सहभागी भएका खेलाडी इम राना राष्ट्रिय भलिबलको कप्तानसमेत
हुन सफल भएका छन् । क्लबले भलिबलको खेलाडी उत्पादनमा विशेष योगदान गर्दै आएको छ ।

कार्यक्रम
सन्चालनकाे लागी स्थानीय संघ संस्था
, बैदेशिक
राेजगारीमा रहेका गाउका दाजुभाइहरू तथा शुभचिन्तकहरू संग सहयाेग अाव्हान गर्ने छ ।
यस कार्यक्रममा क्लबले ३ लाख रकम संकलन गर्ने २ लाखमा कार्यक्रम सम्पन्न गर्ने र १
लाख बचत गर्ने अनुमान पनि गरेकाे छ । उक्त बचत रकम क्लबले गर्ने सामाजिक कार्यमा
नै खर्च गर्ने पनि थापाले बताउनुभयाे ।

प्रकाशित मिति २०८२ बैशाख २६ गते शुक्रबार ०३:२५