कुमुदिनी होम्समा प्रथम एस.ई.ई. कप जारी

कुमुदिनी होम्समा प्रथम एस.ई.ई. कप जारी

Education News

@edunewsnp

२०८१ चैत २६ गते बुधबार ०२:४८

 पोखरा । पोखरा ४ गैह्रापाटनमा रहेको  विद्यालय कुमुदिनी होम्समा एस. ई. ई. दिएर बसेका विभिन्न जिल्लाका  विद्यालयका विद्यार्थीहरुबीच प्रथम एस ई ई कप २०८१ मङ्गलवारदेखि  जारी छ । बुधवार सम्पन्न फुटसलमा अमरसिंह मा. वि., पञ्चमुनि...

 

पोखरा
पोखरा ४ गैह्रापाटनमा रहेको  विद्यालय कुमुदिनी होम्समा एस. ई. ई. दिएर
बसेका विभिन्न जिल्लाका  विद्यालयका
विद्यार्थीहरुबीच प्रथम एस ई ई कप २०८१ मङ्गलवारदेखि  जारी छ ।

बुधवार सम्पन्न फुटसलमा अमरसिंह मा. वि., पञ्चमुनि मा. वि. (ए) तनहुँ, राष्ट्रिय मा.वि.,
कास्की मोडनाइज्ड, विन्ध्यवासिनी मा.वि. (
बाटुलेचौर)
, छोरेपाटन मा.वि., शान्तिदीप
मा.वि.
, जनप्रकाश मा. वि. (बि), जनप्रिय,
प्रतिभा, बालोदय, स्टेप
वाइ स्टेप
, बालकल्याण, महेन्द्र,
अमरसिद्धि मा. वि., वोइस्ट पोइन्ट मा. वि. (बेनी), प्रगति
(बि)
, अल्फा बोर्डिङ दोस्रो चरणमा प्रवेश गरेको छ । त्यस्तै
कुमुदिनी होम्स मा.वि.
, ग्लोबल कलेजियट, हिमालयन बोर्डिङ,जनप्रकाश मा.वि. (ए) र
एस्.ओ.एस्.तेस्रो चरणमा ( प्रि-क्वाटर ) प्रवेश गरेको छ। छात्रा बास्केटबलतर्फ
बि. एम. जि. मा.वि. र साइनिङ स्टार सेमिफाइनलमा प्रवेश गरेको छ। त्यसै गरी छात्र
बास्केटबलतर्फ सिर्जना
, वेलनन एकेडेमी , जनप्रिय, विन्देश्वरी, भद्रकाली,
मेश्रम बाराह मा. वि., भू.पू. सैनिक मा. वि. (वालिङ),
केफ मा. वि., गण्डकी बोर्डिङ, ग्लोबल, गलेश्वर आदर्श मा. वि. म्याग्दी र नेपाल आदर्श दोस्रो चरणमा प्रवेश गरेको छ । 

प्रतियोगिता अझै दुई
दिनसम्म सञ्चालन हुने कुरा एस्.ई.ई. कप संयोजक विकास ढुङ्गानाले जानकारी दिनुभयो ।

प्रकाशित मिति २०८१ चैत २६ गते बुधबार ०२:४८