कुमुदिनी होम्स प्रथम एसइई कप : फुटसलमा एसओएस, बास्केटबलमा दीपशिखा र विन्ध्येश्वरी प्रथम

कुमुदिनी होम्स प्रथम एसइई कप : फुटसलमा एसओएस,  बास्केटबलमा दीपशिखा र विन्ध्येश्वरी प्रथम

Education News

@edunewsnp

२०८१ चैत २८ गते शुक्रबार ०४:२७

 पोखरा, २९ चैत्र । पोखरा महानगरपालिका वडा नं ४, गैह्रापाटनमा रहेको कुमुदिनी होम्स माध्यमिक विद्यालयमा चैत्र २६ गतेदेखि सञ्चान गरिएको कुमुदिनी होम्स प्रथम इसइई कप २०८१ शुक्रबार सकिएको छ । गण्डकी प्रदेश तथा गण्डकी प्रदेशबाहिरका...

 

पोखरा, २९ चैत्र । पोखरा महानगरपालिका वडा नं ४, गैह्रापाटनमा रहेको कुमुदिनी होम्स माध्यमिक विद्यालयमा चैत्र २६ गतेदेखि
सञ्चान गरिएको कुमुदिनी होम्स प्रथम इसइई कप २०८१ शुक्रबार सकिएको छ ।

गण्डकी प्रदेश तथा
गण्डकी प्रदेशबाहिरका ७१ विद्याललयका विद्यार्थीहरू फुटसलमा
, ४३ विद्यालयका बास्केटबल र ११ विद्यालयका महिला विद्यार्थी बास्केटबल
प्रतियोगितामा सहभागी भएका थिए ।

फुटसल तर्फको
प्रतियोगितामा एसओएस हर्मन माईनर स्कुल नयाँगाउँ १५ प्रथम भएको छ । उक्त
विद्यालयबाट लोकेन्द्र मल्लको नेतृत्वमा टोली सहभागी भएको थियो । सन्तोष श्रेष्ठको
व्यवस्थापनमा रहेको विजेता हर्मन माईनरले नगद १५ हजार
, ट्रफि, मेडल र प्रमाण पत्र पाएको छ ।

सेकेण्ड रनर अप प्रगति
बोर्डिङ स्कुल बाटुलेचौर भएको छ । बिनम्र थापाको नेतृत्व र दनिस गुरुङको
व्यवस्थापनमा रहेको टोलीले नगद १० हजार
, ट्रफि,
मेडल र प्रमाण पत्र पाएको छ ।

फस्ट रनर अप अमरसिंह
मावि रामघाट १२ भएको छ । कुशल तिवारीको नेतृत्व र विवश गुरुङको व्यवस्थापनमा रहेको
टोलीले नगद १० हजार
, मेडल, ट्रफि
र प्रमाण पत्र प्राप्त गरेको छ ।

बास्केटबल पुरुषतर्फ
दीपशिखा मा वि मंगला गाउँपालिका म्याग्दी प्रथम भएको छ । सचिन शेरपुर्जाको कप्तानी
र डेभिड पुनको नेतृत्वमा रहेको टोलीले नगद १५ हजार
, ट्रफि,
मेडल र प्रमाण पत्र पाएको छ ।

सेकेण्ड रनर अप हुने
मेश्रम बराहा मा वि अन्नपूर्ण गाउँपालिका घान्द्रुकले नगद ५ हजार
, ट्रफि, मेडल र प्रमाण पत्र प्राप्त गरेको छ । फस्ट
रनर अप हुने गलेश्वर आदर्श मा वि बेनी नगरपालिका म्याग्दीले नगद १० हजार
, ट्रफि, मेडल र प्रमाण पत्र प्राप्त गरेको छ ।

महिला बास्केटबल तर्फ
विन्द्धेश्वरी आदर्श बोर्डिङ स्कुल प्रथम भएको छ । टोलीले नगद १५ हजार
, ट्रफि, मेडल र प्रमाण पत्र प्राप्त गरेको छ ।

सेकेण्ड रनर अप हुने
कुमुदिनी होम्स मा विले नगद ५ हजार
, ट्रफि,
मेडल र प्रमाण पत्र प्राप्त गरेको छ ।

फस्ट रनर अप हुने
बि.एम्.जि.मा वि.को टोलीले नगद १० हजार
, ट्रफि,
मेडल र प्रमाण पत्र प्राप्त गरेको 
छ ।

प्रतियोगितामा मोस्ट
भ्यालुयवल प्लेयर अफ द टुर्नामेन्ट
,एस् ओ एस् का
लोकेन्द्र मल्लले नगद २ हजारसहित ट्रफि 
प्राप्त गरे ।

हाई स्कोररमा अमरसिंहका
अनिश परियारले नगद २ हजारसहित ट्रफि प्राप्त गरे। वेष्ट किपर एसओएसका राजिव
तिवारीले नगद २ हजारसहित ट्रफि प्राप्त गरे ।

बास्केलबल केटातर्फ
मोस्ट भ्यालुयवल प्लेयर अफ द टुर्नामेन्ट
, ईन्द्र पुन
भएका छन् । उनले नगद २ हजारसहित  ट्रफि
प्राप्त गरे । हाई स्कोररमा राजिव बि.क.ले नगद २ हजारसहित ट्रफि प्राप्त गरे ।

महिलातर्फ बास्केटबलमा
मोस्ट भ्यालुयवल प्लेयर अफ द टुर्नामेन्ट
, विन्द्धेश्वरीकी
प्रकृति मगर भईन् । उनले नगद २ हजारसहित ट्रफि प्राप्त गरिन्। हाई स्कोररमा साईना
बुद्धाचार्यले नगद २ हजारसहित ट्रफि प्राप्त गरिन् ।

विजेता टोलीका
खेलाडीहरुलाई प्रमुख अतिथि जिल्ला खेलकुद विकास समिति कास्कीका अध्यक्ष मिलन गुरुङ
, विद्यालयका संस्थापक अध्यक्ष अशोक पालिखे फुटसल संघका केन्द्रीय उपाध्यक्ष
सन्तोष पराजुली
, नेपाल पत्रकार महासंघ कास्कीकी उपाध्यक्ष
कञ्चन थापा
, प्रतियोगिता संयोजक विकास ढुङ्गाना, सञ्चालक मीना पालिखे, सहप्राचार्य मन बहादुर भुजेल,
मुकेश कुमार अधिकारी, शिक्षक सजनी माजु,
ममता गुरुङ लगायतले सहजिकरण र 
प्रदान गरेका थिए ।

शिक्षक सुरेन्द्र
सदिच्छाले सञ्चालन गरेको समापन समारोहका अध्यक्ष अशोक पालिखेले विजेता टोलीका
विद्यार्थीलाई बधाई दिँदै एसइई पछिको अध्ययनका लागि कुमुदिनीलाई छनौट गरे प्रथम
हुनेलाई शतप्रतिशत तथा फस्ट र सेकेण्ड रनर अप हुनेलाई आकर्षक छुटको घोषणा गरे ।
उनले आगामी दिनमा पनि प्रतियोगितालाई निरन्तरता दिईने जानकारी दिए ।

सुरेन्द्र

सुरेन्द्र सदिच्छा

प्रकाशित मिति २०८१ चैत २८ गते शुक्रबार ०४:२७