साहित्य शृङ्खलाको २८८ औँ रचना वाचन

साहित्य शृङ्खलाको २८८ औँ रचना वाचन

Education News

@edunewsnp

२०८३ असोज ३ गते शनिवार ०३:३३

पोखरा, असोज ३ गते । साहित्य शृङ्खला पोखराको २८८ औं शृङ्खला शनिवार पोखरामा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष लक्ष्मण गौतम हिमालीको अध्यक्षतामा भएको कार्यक्रममा कार्यक्रममा आलोक शृङ्खलाका सम्पादक परशुराम कोइराला,अर्का सम्पादक...

पोखरा, असोज ३ गते । साहित्य शृङ्खला पोखराको २८८ औं शृङ्खला शनिवार पोखरामा सम्पन्न भएको छ ।

संस्थाका अध्यक्ष लक्ष्मण गौतम हिमालीको अध्यक्षतामा भएको कार्यक्रममा कार्यक्रममा आलोक शृङ्खलाका सम्पादक परशुराम कोइराला,अर्का सम्पादक निर्मल सापकोटा, सल्लाहकार नारायण परिश्रमी, नेपाल प्रज्ञाप्रतिष्ठानका प्राज्ञ छन्दमणी त्रिपाठी, गण्डकी प्रज्ञाप्रतिष्ठानका प्राज्ञ छन्दिका त्रिपाठी, गण्डकी प्रज्ञा प्रतिष्ठानका पूर्वकुलपति सूर्य खड्का ‘बिखर्ची’, वामबुद्धिजीवी रामजी थापा, लघुकथा प्रतिष्ठानका अध्यक्ष कल्याण पन्त, कोषाध्यक्ष कृष्ण बास्तोला, लेखनाथ साहित्य प्रतिष्ठानका सदस्य हृषिकेश बराल, पोखरेली युवा सांस्कृतिक परिवारका साहित्य संयोजक ढाकामोहन बराल, गीतल प्रतिष्ठान तनहुँका अध्यक्ष आकाश अधिकारी, शृङ्खलाका पूर्वअध्यक्ष लोकनाथ पुडासैनी, निवर्तमान अध्यक्ष लक्ष्मी थापा, साहित्यकार कृष्ण सुवेदी, भक्त रसाइली, यादवचन्द्र भुर्तेल, छविलाल आचार्य, माधव खतिवडा, लोचना अधिकारी, जमुना कायस्थ, प्रतिभा तिमिल्सिना, एकदत्त लम्साललगायतले लघुकथा, कथा, गीत, कविता, गजल वाचन गरेका थिए ।

वाचित रचनाहरुको समीक्षा सल्लाहकार एवम् प्राध्यापक यादवराज उपाध्यायले गरेका थिए । उपाध्यक्ष लिला पण्डितको स्वागतमा भएको कार्यक्रमको सञ्चालन सचिव काजी गाउँले र सहसचिव विकास लुङ्गेलीले गरेका थिए । शृङ्खलाले हरेक महिनाको पहिलो शनिवार रचना वाचन गर्दै आएको छ ।

प्रकाशित मिति २०८३ असोज ३ गते शनिवार ०३:३३